अब त मलाई अध्यक्ष पद ठूलो लाग्न छोड्यो : प्रचण्ड

अब त मलाई अध्यक्ष पद ठूलो लाग्न छोड्यो : प्रचण्ड
तस्बिर : अन्नपूर्ण

वीरेन्द्रनगर : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीमा नेतृत्व हस्तान्त्रण गर्ने बेला नभएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकको तयारीका लागि सातै प्रदेशमा आयोजना हुने परामर्श बैठकको अभियानमा पार्टीका पदाधिकारीसहित कर्णाली प्रदेशको राजधानी सुर्खेत आएका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीका बैठकमा नेतृत्व हस्तान्तरणको विषयमा छलफल भएपनि अहिले नै हस्तान्तरण गर्ने समय नभएको बताए।

पार्टीको स्थायी समिति बैठकमा पार्टीका उपमहासचिव जनार्धन शर्मा प्रभाकरले लिएको फरक दास्ताबेजका विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले पार्टीमा नेतृत्व हस्तान्त्रणको विषय छलफलमा आएपनि त्यसका लागि अहिले नै बेला नभएको बताए । 

'पार्टीका बैठकहरूमा यस विषयमा खुलेरै छलफल भएको छ । यसै विषयलाई लिएर माओवादी पार्टी फुट्छ भनेर भ्रम पनि फैलाइयो ।हाम्रो पार्टीले त्यसलाई सर्वसम्मतरुपमा खारेज गरेको छ। यो एक प्रकारका मानिसहरूको डिजाइनमा हल्ला फिजाइयो,'उनले भने, पार्टीमा नेतृत्व हस्तान्त्रणको विषयमा जहिले पनि छलफल भइराखेको छ । तर अहिलेको समयमा नेतृत्व हस्तान्त्रण गर्न समय भएको छैन भन्ने मेरो भनाइछ । तथापी म ७० वर्ष कट्दैछु । अब त मलाई अध्यक्ष पद ठूलो लाग्दैन । नेपालको परिवर्तनको ठूलो नेता भनेर दुनियाँले स्वीकार गरेको छ । समय आएपछि म आफै पार्टीको नेतृत्वबाट फरक जिम्मेबारीमा जाने तयारीमा छु ।'

अध्यक्ष प्रचण्डले मुलुकको राजनीति थप चुनौतीपूर्ण बन्दै गएको बताए । उनले भने,'मुलुकको राजनीति जटिल परिस्थितिमा छ । यस बेला हामीले पार्टी मजबुत बनाउने गरी अभियान चलाइरहेका छौँ । सरकार गठन गर्न ठूल ठूला पाटी मिल्ने दुनियाँमा हुँदैन् । संसदीय परम्परा मान्नेहरूका लागि त यो अपवाद हो । यो सरकारले सय दिनभित्र थुप्रै गलत काम गर्ने सम्भावना भएकाले मैले कडारुपमा प्रतिवाद गर्नु परेको हो । वेतिथि र भ्रष्टाचारलाई बचाउने कोसिस गरियो भने सदन र सडकमा हामी सशक्तरुपमा प्रस्तुत हुन्छौँ । '

उनले फरक प्रसंगमा नेकपा माओवादी केन्द्र र सशस्त्र द्वन्द्वका विषयमा अन्य पार्टीका नेताहरूले अपमान हुनेगरी नबोल्दा राम्रो हुने बताए । उनले भने,'विस्तृत शान्ति सम्झौता नेपालको संविधानको अंग हो । हामी शान्ति प्रक्रियालाई पूर्णता दिनका लागि लागिरहेका छौँ । यसलाई भंग गर्ने वा अपमान कसैले नगर्दा राम्रो हुन्छ । मुलुकमा राजनीतिक स्थायित्व र शान्ति प्रक्रियाका सवालमा सबै राजनीतिक दलहरूका बीच सहमति भइसकेको विषय हो । माओवादी आन्दोलनका विषयमा अपमान हुने शब्द बोल्दा कसैको हित हुँदैन । 

सुर्खेत बिमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'  । तस्बिर : बिस्नप्रसाद न्यौपाने 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.