पाँच वर्षपछि नाका खुलेपछि तिब्बतबाट सामान ओसार्न चटारो

पाँच वर्षपछि नाका खुलेपछि तिब्बतबाट सामान ओसार्न चटारो
तिब्बतबाट खाद्यान्न लगायतका सामान ल्याउँदै स्थानीय। तस्बिर : ताञ्जेन लामा
सुन्नुहोस्

गोरखा : तिब्बती सीमा क्षेत्रमा बसोबास गर्ने गोरखाबासीलाई यतिबेला तिब्बती बजारबाट सामान ओसार्न चटारो छ। बन्द रहेको पाँच वर्षमा बल्लतल्ल नाका खुलेपछि सीमा उनहरूलाई दैनिक उपभोग्य सामान ओसार्न भ्याइनभ्याइ भएको हो।

२०७६ सालदेखि चीन सरकारले एकतर्फी रूपमा बन्द गरेको चुमनुब्री गाउँपालिका-१ को रुइला नाका र वडा-७ को नुइला नाका गत भदौ ४ गतेबाट खुला भएको थियो। ‘मान्छेहरूले सामान ओसारिरहेका छन्। म पनि दुईखेप ओसार्न गएँ’, सामागाउँका मिङ्मार लामा भन्छन्, ‘पहिलेजस्तो रुई, कोङदाङसम्मचाहिँ जान पाइएन। रुई गाउँभन्दा केही माथिको मनाङसम्बा भन्ने ठाउँको चहुरसम्म मात्र जान पाइयो। त्यहीँ टेण्ट टाँगेर सामान बेच्न राखेका रहेछन्। हामीले त्यहीँबाट सामान किनेर फर्कियौं।’

इलाका प्रशासन कार्यालय सिर्दिबासले दिएको सीमा पास र नागरिकता देखाएर सीमा कट्न पाएको उनले बताए। ‘मनाङसम्बासम्म याक, चौँरी, घोँडा लगेर सामान बोकाएर ल्यायौँ’, मिङ्मारले भने, ‘सुरुमा १५ दिनका लागि भनेर नाका खुलाएको हो। पछि फेरि एक महिनाका लागि म्याद थप गरेको छ भन्ने जानकारी आएको छ।’ 

null

चुम क्षेत्रका बासिन्दाले पनि तिब्बतको स्या भन्ने ठाउँबाट सामान किनेर ल्याएका छन्। यसअघि जोङ्गासम्म गएर सामान किन्न पाए पनि अहिले स्याभन्दा भित्र प्रवेश नपाएका छेकम्पारका दोर्जे लामाले जानकारी दिए  ‘हामीले याकचौँरी लैजान पनि पाएनौँ। स्याबाट उनीहरूकै याकचौँरीमा बोकाएर ल्याउँदा ढुवानी भाडामा धेरै खर्च भयो’, उनले भने, ‘आफ्नै याक, चौँरीमा बोकाएर ल्याउन पाएको भए दुईचार पैसा भने पनि सस्तो पर्थ्यो। सामानचाहिँ जे खोजे पनि पाइयो। त्यहाँ नभएको सामान पनि उनीहरूले मगाएर उपलब्ध गराएका थिए।’

सीमा कटेर गएपछि सुरक्षा चेकजाँच भने धेरै नै कडा भएको उनीहरूको बताए। ‘बोर्डरमा सुरक्षा चेकजाँच हुँदो रहेछ  फेरि स्या पुगेपछि पनि सुरक्षा चेकजाँच हुने रहेछ’, दोर्जेले भने, ‘त्यहाँ एउटा ठूलो हल रहेछ। त्यहाँभित्र पुगेपछि ढोका लगाइदिने रहेछन्। त्यहीँभित्र सबै सामान पाउने रहेछ। खानेबस्ने व्यवस्था पनि त्यहीँ भित्र रहेछ।’ 

null

पाँच वर्षअघि तिब्बत जाँदा सरसामान किनेपछि घुमफिर गर्न पाए पनि यसपटक घुमफिर गर्न नपाएको उनको भनाइ छ। सामान किन्न जाने स्थानीयबासीले यताबाट पनि यार्सागुम्बा, वनलसुन तथा चाँदी जडित परम्परागत कपहरू बिक्री गर्न लगेका थिए। आगामि दिनमा पनि विगतमा जस्तै नियमितरूपमा नाका खुल्नेमा स्थानीयबासी विश्वस्त छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.