कांग्रेसमा शिक्षा नीति निर्माणको माग गर्दै सानेपामा पत्र दर्ता

कांग्रेसमा शिक्षा नीति निर्माणको माग गर्दै सानेपामा पत्र दर्ता
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले युग सुहाउँदो शिक्षा नीतिका लागि आधिकारिक धारणा बनाउन माग गर्दै सानेपामा जारी केन्द्रीय समिति बैठकमा पार्टी सभापति र पदाधिकारीका नाममा पत्र दर्ता गराएका छन्। 

महरले 'शिक्षा नीति' निर्माणको प्रस्ताव पेस गरिदिन र पारितका लागि आवश्यक पहल गरिदिन आग्रह गर्दै उनले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्र दर्ता गराएको बताएका हुन्। 

उनले भने, 'युग सुहाउँदो शिक्षा नीतिका लागि आधिकारिक धारणा बनाउन जारी केन्द्रीय समिति बैठकमा 'शिक्षा नीति' निर्माणको प्रस्ताव पेस गरिदिन र पारितका लागि आवश्यक पहल गरिदिन आग्रह गर्दै पत्र दर्ता गराएको छु। सानेपामा दर्ता पत्रमा पार्टी सभापति र पदाधिकारीको नाम उल्लेख छ।'

उनले आफूलाई कांग्रेस शिक्षा विभाग प्रमुखको जिम्मेवारी दिएको प्रति आभार व्यक्त गर्दै प्राप्त जिम्मेवारी पार्टी र मुलुकको हितमा प्रयोग प्रतिबद्धता जनाए। 'मुलुकको विद्यमान शिक्षा प्रणालीका सन्दर्भमा गम्भीर समीक्षा तथा पुनरवलोकन आवश्यक छ। त्यसका लागि पार्टीको आधिकारिक धारणाको अपेक्षा गर्दछु,' उनले भने।

संघीयताको मर्म अनुरुप शिक्षामा सबैको सहज पहुँच सुनिश्चित गर्न र शिक्षालाई सर्वव्यापी, जीवनोपयोगी, प्रतिस्पर्धी एवं गुणस्तरयुक्त बनाउन, सबै तहको शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी बनाई देशको आवश्यकता अनुरुपको मानव संशाधन विकास गर्ने नयाँ शिक्षा नीति आजको आवश्यकता रहेको उनले औंल्याए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.