आजपाको केन्द्रीय कमिटी पुनःगठन, अध्यक्षमा प्रभु साह
काठमाडौं : आम जनता पार्टी (आजपा)को सम्पन्न केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी पुनःगठन गरेको छ। केन्द्रीय कमिटीको अध्यक्षमा प्रभु साह, वरिष्ठ उपाध्यक्षमा तिलक थापा मगर र उपेन्द्र साह रहेका छन्।
कमिटीको उपाध्यक्षमा रितादेवी साह, समिना हुसेन, बिल्टु यादव, ज्ञानेन्द्रकुमार तामाङ, अशोककुमार लामा, महासचिवमा त्रिभुवन साह, उपमहासचिवमा चन्द्रभुषण साह, राजन यादव, सियाराम कुशवाहा, धनकुमारी मगर, सचिवमा बाबुराम कौशिक, श्रीचन्द मुखिया, उमेश कुशवाहा, देवी पण्डित रेग्मी, नारायण श्रेष्ठ, नारायण प्रसाद पाण्डे रहेका छन्।
महासचिव साहका अनुसार स्थायी कमिटी सदस्यहरूमा श्रीलाल महासेठ, कान्तिदेवी महतो, रमेश थपलिया, रबिन्द्रप्रसाद सिंह, गणेश गोतामे, जुरीलाल मोची, सुनिता साह, चन्देश्वर बैठा, बालकृष्ण सापकोटा, परमानन्द बर्मा, धर्मेन्द्र पटेल, भोजराज त्रिपाठी, कदम रसुल, लखिन्द्र साह, प्रदिप पटेल, राधेश्याम साह, उदयचन्द्र प्रसाद, प्रल्हाद पौडेल, श्रीभगवान पटेल, सागर पाण्डे, चन्दन साह, लालबाबु मन्सुरी, विजय यादव, नरेश तुरहा, बिजय साह, ममता शर्मा, भोला पाण्डे, कुमारी बबिता, शर्मिला महरा, सिमल कुमारी, बबिता यादव, गीतादेवी साह रहेका छन्।
त्यसैगरी सुभद्रा गुप्ता, रञ्जुकुमारी साह, उमाशंकर साह, रामनाथ माझी, पासाङ तामाङ, सरोज कुमार बछार, अञ्जित कुशवाहा, सञ्जय यादव, शिव थापा, ठागा दास, अनिल झा, राजेश साह, सुरेश चौधरी, मिन बहादुर खत्री, किशोर साह, प्रशान्त तिमिल्सिना, देवेन्द्र ठाकुर उपेन्द्र साह लगायतका छन्।
वैठकले पार्टीद्धारा घोषित आन्दोलनका बिभिन्न कामलाई व्यवस्थित गर्नका लागि पार्टीको विभिन्न संगठनको इन्चार्ज तथा अध्यक्ष हेफेर गरेको छ। आइटी आर्मीको इन्चार्जमा प्रभु साह र अध्यक्षमा चन्द्रभुषण साह, आम ट्रेड युनियन फेडेरेशनको इन्चार्जमा धनकुमार मगर र अध्यक्षमा शिव थापा, आम सम्पर्क मञ्चको इन्चार्जमा बिल्टु यादव र अध्यक्षमा श्रीनारायण साह, आम महिला मोर्चाको इन्चार्जमा देवी पण्डित रेग्मी र अध्यक्षमा कुमारी बबिता, आम विद्यार्थी मोर्चाको इन्चार्जमा उमेश कुशवाहा, सहइन्चार्जमा सरोज बछार र अध्यक्षमा विवेक साह छन्।