काठमाडौं विश्वविद्यालयका दुई हजार ३१४ विद्यार्थी दीक्षित

काठमाडौं विश्वविद्यालयका दुई हजार ३१४ विद्यार्थी दीक्षित
सुन्नुहोस्

काभ्रे : काठमाडौं विश्वविद्यालयका दुई हजार ३१४ विद्यार्थी दीक्षित भएका छन्। शुक्रबार धुलिखेलस्थित विश्वविद्यालयको केन्द्रीय परिसरमा आयोजित २९ औं दीक्षान्त समारोहमा दुई हजार ३१४ विद्यार्थी दीक्षित गरिएको हो। प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा दीक्षान्त कार्यक्रम भएको हो। 

विश्वविद्यालय अन्तर्गत स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पीएचडी, डीएम र एमसीएच तहका ११ जना, एमफिल तहका ३२, स्नातकोत्तर तहका ४५६, स्नातक तहका १ हजार ८ सय १५ सहित जम्मा २ हजार ३ सय १४ जना विद्यार्थी दीक्षित भए। तीमध्ये आर्ट्सका ७०, एजुकेसनका ७१, इन्जिनियरिङका ३६४, म्यानेजमेन्टका ९७, मेडिकल साइन्सका १५६३ जना र साइन्सका १४९ जना छन्।

दीक्षित हुने विद्यार्थीमध्ये पुरुषको सङ्ख्या १ हजार १ सय ८६ जना (५१.२५ प्रतिशत) र महिलाको सङ्ख्या १ हजार १ सय २८ (४८.७५ प्रतिशत) रहेको छ। दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीहरू १० प्रतिशत छन्। तीमध्ये अमेरिका, मेक्सिको, डेनमार्क, चीन, भुटान,इजरायल, जर्मनी, भारत, माल्दिभ्स, श्रीलंका, कजाखस्तान, सिङ्गापुर, अर्जेन्टिना, भियतनाम, ब्राजिल, फिनल्याण्ड, स्वीडेन, प्यालेस्टाइन र सुडान गरी १९ देशका २४२ जना विदेशी विद्यार्थी छन्।

दीक्षान्त समारोहको दोस्रो चरणसम्ममा काठमाडौं विश्वविद्यालयबाट ४५ हजार ४ सय ३७ जना उत्तीर्ण भएका छन्। तीमध्ये ५७ देशका ५ हजार ४ सय ६७ विदेशी विद्यार्थी रहेका छन्। प्रधानमन्त्री ओलीले विभिन्न विधामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्याथीलाई पदक तथा प्रमाणपत्र वितरण गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.