महानगर प्रहरीको काम देखेर अन्तर्राष्ट्रिय क्षेत्रबाटै प्रशंसा भएको छ : बालेन शाह

महानगर प्रहरीको काम देखेर अन्तर्राष्ट्रिय क्षेत्रबाटै प्रशंसा भएको छ : बालेन शाह
सुन्नुहोस्

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सडक अतिक्रमण रोक्न महानगर प्रहरीले गरेका कामको अन्तर्राष्ट्रिय क्षेत्रबाटै प्रशंसा भएको बताएका छन्।

३२औं महानगर प्रहरी दिवसका अवसरमा काठमाडौं महानगरले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शाहले सडक अतिक्रमणलाई रोक्दै फुटपाथ व्यवस्थापनमा महानगर प्रहरीले गरेको कामको विभिन्न देशका नगरले प्रशंसा गरेको बताए।

दक्षिण एसियामा नै निकै समस्याको रूपमा रहेका सडक व्यवस्थापनको कामलाई व्यवस्थित गर्न निकै समस्या र चुनौती दखापरेको उनले बताए। स्वास्थ्य क्षेत्रको नियमनदेखि दैनिक उपभोग्य बस्तुको कालाबजारी रोक्न महानगर प्रहरीले गरेका कामको उनले प्रशंसा गरे। कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने नगर प्रहरीलाई बढुवा तथा सम्मान गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.