संविधानमा भएका कमी कमजोरी सुधार गर्न सकिन्छ : देउवा
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक व्यवस्थासहितको संविधानलाई थप सदृढ गर्नुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले अहिलको संविधान समावेशी भएको भन्दै समावेशी समानुपातिक व्यवस्थासहितको संविधानलाई थप सदृढ गर्नुपर्ने बताए।
उनले जनताका अधिकारलाई थप बलियो बनाउनका लागि सबै दलले आवश्यक ठाने संविधान संशोधन हुनसक्ने बताए। सभापति देउवाले बहुदलीय व्यवस्थालाई स्थायीरूपमा स्थापित गर्नुपर्नेमा समेत जोड दिए।
संविधानमा केही कमी कमजोरी भए सुधार गर्न सकिने उनको भनाइ छ। त्यस्तै उनले टीआरसीका विषयलाई सर्वसम्मतरूपमा पास भइ राष्ट्रपतिबाट प्रमाणीकरण समेत भइसकेको अवस्थामा अब देशमा द्वन्द्व नहुने विश्वास बताए। देउवाले अहिलको अवस्थामा लोकतन्त्र, मानवअधिकार निकै महत्वपूर्ण विषय भएको धारणा राख्दै भयमुक्त समाज निर्माण गर्नुपर्ने बताए।