नेपालले लिग २ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल खेल्ने
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलपमेन्टसँग तीन ओडीआई र चार अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघले (क्यान)ले नेपाली टोलीले आइसीसी लगि २ को तयारीका लागि श्रीलंका टूर गर्न लागेको जानकारी दिएको छ।
नेपालले सेप्टेम्बर २ श्रीलंका डेभलपमेन्टसँग पहिलो अभ्यास खेल खेल्नेछ। त्यसको भोलिपल्ट पहिलो ओडीआई खेल्नेछ। क्यानका अनुसार एक दिन अभ्यास र अर्को दिन ओडीआई खेल्नेगरी नेपाली टोली श्रीलंका जान लागेको हो। नेपालले ८ सेप्टेम्बरमा अन्तिम अभ्यास खेल्नेछ।
श्रीलंका टूरपछि नेपाल लिग २ को खेल खेल्न क्यानडा जाने तयारी गरेको छ। क्यानडामा आयोजक र ओमानसँग त्रीदेशीय शृंखला खेल्ने तालिका रहेको छ।
श्रीलंका टूरका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १९ सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा आसिफ शेख, अनिल साह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, ललित राजबंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन्।