दक्षिण अफ्रिकामा ३ महिनामा ६ हजार बढीको हत्या

दक्षिण अफ्रिकामा ३ महिनामा ६ हजार बढीको हत्या
फाइल तस्बिर।
सुन्नुहोस्

जोहनेसबर्ग (एएफपी) : अपराध नियन्त्रण नयाँ गठबन्धन सरकारको प्रमुख मुद्दा बनेको दक्षिण अफ्रिकामा अप्रिलदेखि जुनको बीचमा करिब ६ हजार २ सय व्यक्तिको हत्या भएको प्रहरी आँकडाले देखाएको छ । प्रहरीमन्त्री सेन्जो म्याकचुनुले तीन महिनामा ६ हजार १  सय ९८ व्यक्तिको हत्या भएको जानकारी दिए । यो आंकडा एक वर्षअघिको समान अवधिको तुलनामा शून्य दशमलव पाँच प्रतिशतले कम हो । 

‘यो आँकडाले हामीसामु आउने चुनौतीहरूको गम्भीरतालाई प्रतिविम्बित गर्दै एउटा कथा बताउँछ’, मन्त्री म्याकचुनुले भने । दक्षिण अफ्रिकामा शान्तिकालमा प्रतिव्यक्ति हत्या दर विश्वमा सबैभन्दा धेरै छ । महिला र बालबालिकामाथि हुने यौन आक्रमणका लागि कुख्यात मुलुक दक्षिण अफ्रिकामा बलात्कारका घटनाहरू गत वर्षको यही तीन महिनाको अवधिको तुलनामा शून्य दशमलव ६ प्रतिशतले बढेका छन् । अप्रिलदेखि जुनको बीचमा मुलुकमा कुल ९ हजार ३ सय ९ वटा बलात्कारका घटना दर्ता गरिएका छन् ।

यस अवधिमा प्रहरी कारबाहीमा ४४ हजार ७ सय ३५ लागूऔषधसँग सम्बन्धित अपराध फेला परेको प्रहरीले बताएको छ । ‘हामीले लागूऔषध सिन्डिकेटलाई लक्षित गर्दै महत्वपूर्ण अभियान चलाएका छौं, यसबाट ठूलो मात्रामा अवैध लागूऔषध बरामद गरिएको छ’, मन्त्री म्याकचुनुले भने । विशिष्ट प्रहरी एकाइले जोहानेसबर्गको उत्तरमा दुर्गम खेतमा लुकाइएको करोडौं डलरको क्रिस्टल मेथ प्रयोगशालामा छापा मार्दा गत महिना तीन मेक्सिकाली र दुई दक्षिण अफ्रिकी पक्राउ परेका थिए । 

अर्को छुट्टै घटनामा प्रहरीले २५ करोड २० लाख र्‍यान्ड (करिब १ करोड ४० लाख डलर) मूल्यको कोकिनका इँटा भरिएका १४ वटा झोला बरामद गरेपछि एकजना रुसीलाई दक्षिण अफ्रिकीसँगै पक्राउ गरिएको थियो । मे महिनाको निर्वाचनपछि आफ्नो अफ्रिकी नेसनल कांग्रेसले मध्यमार्गी डेमोक्रेटिक गठबन्धन र अन्य साना दलहरूसँग असहज गठबन्धन गर्न बाध्य राष्ट्रपति सिरिल रामफोसाको नयाँ गठबन्धन सरकारसामु अपराध प्रमुख मुद्दा बनेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.