यात्रुहरूलाई सडकमा फोहर नफाल्ने सन्देश

यात्रुहरूलाई सडकमा फोहर नफाल्ने सन्देश
सुन्नुहोस्

धनगढी : विद्यालयहरुमा ‘हाम्रो धनगढी सफा धनगढी’ को सफलता पछि धनगढी उपमहनगरले अब धनगढी आउने यात्रुहरूलाई पनि जथाभावि फोहर नफाल्न सन्देश दिन थालेको छ । धनगढीको चोक चोकमा माइक नै लगेर यात्रुबाहक सवारी साधन उभिएका बेला यस्तो सन्देश दिन थालिएको उपमहानगरले जनाएको छ ।

छोटो तथा लामो दुरीका यात्रुवाहक बसमा सवार यात्रुहरूलाई उपमहानगरपालिकाले दैनिक रुपमा सन्देश दिन थालेको छ । धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी उपमहानगरले निर्माण गरेको स्वागत गेटबाटै धनगढी प्रवेश गर्ने छोटो तथा लामो दुरीमा सवार यात्रुहरुलाई जथाभावी फोहर नफाल्न सचेत गराउने काम भइरहेको सरसफाई शाखा प्रमुख अशोक अवस्थीले जानकारी दिए । 

ट्राफिक प्रहरीको सहयोगमा धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको ६ लेन सडकको प्रवेशद्वार नजिकै धनगढी प्रवेश गर्ने सार्वजनिक सवारीसाधनहरूलाई रोकेर उपमहानगरपालिका क्षेत्रभित्र गुट्खा, चकलेटका कभर, पानीका बोतललगायत अन्य फोहर जथाभावी सडकमा नफालिदिन आग्रह गरिरहेको अवस्थीले बताए ।

धनगढीमा यसअघि जथाभावी फोहर फाल्ने विभिन्न व्यक्ति एवं संघसंस्थालाई उपमहानगरपालिकाले जरिबाना समेत गराइसकेको छ । धनगढीको कुनै पनि स्थानमा फोहर फाल्न निधेष गरिएको छ ।
सार्वजनिक स्थानहरुमा राखिएका डस्टबिनहरुमा मात्र फोहर फाल्न उपमहानगरपालिकाले सबैमा आग्रह गर्दै आएको छ । कुहिने र नकुहिने फोहरका लागि छुट्टाछुट्टै डस्टबिन समेत राखिएको छ । 

धनगढीलाई सफा सहरको रुपमा विकास गर्न जथाभावी फोहर फाल्ने बानीमा सुधार ल्याउन उपमहानगरले विभिन्न सचेतनामुलक कार्यक्रमको समेत आयोजना गर्दै आएको छ । उपमहानगरपालिकाभित्रका १९ वटै वडाभित्र हरेक टोल तथा गाउँमा फोहरको उचित व्यवस्थापनका लागि महिला समुह नै बनाएर टोल तथा गाउँघर सफा गर्ने काम हुँदै आएको छ । 

उपमहानगरपालिकाले धनगढीमा प्लास्टिक बिक्री र प्रयोगमा समेत यसअघि नै प्रतिबन्ध लगाइसकेको छ । उपमहानगरले धनगढीका विद्यालयहरुमा विद्यार्थीहरूबाटै फोहर नगर्ने अभियान नै चलाएको थियो । विद्यालय वरिपरिको ५ सय मिटरको परिधिमा विद्यार्थीहरूले सरसफाइ गर्दै आएका छन् । अझ पनि सवारी साधनको झ्यालबाट सडकमा फोहर फाल्ने गरिएको देखेपछि उपमहानगरले जनचतनामूलक सन्देश कार्यक्रम सुरु गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.