पर्यटन प्रवर्द्धनका लागि मोटरसाइकल यात्रा

पर्यटन प्रवर्द्धनका लागि मोटरसाइकल यात्रा
सुन्नुहोस्

बेनी : म्याग्दीका ‘बाइकर्स’हरू (मोटरसाइकल चालक)हरू जिल्लाका पर्यटकीय स्थलहरूको प्रवर्द्धनमा जुटेका छन्। 

सडकको पहुँच पुगेका पर्यटकीय स्थलको सामूहिक भ्रमण, सूचनामुलक बोर्ड राख्ने, भिडियो र तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेर प्रचारप्रसारमा योगदान गरेका छन्। बेनीदेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुँदै पर्यटकीय स्थल घोडेपानीमा २४ जना मोटरसाइकल चालक पुगेका छन्। 

सिजी मोटर्स–हिरो र बेनीको आधिकारिक बिक्रेता चाँदनी अटो ट्रेडको आयोजनामा एक्स पल्स ब्राण्डको मोटरसाइकल प्रयोगकर्ताहरू बेनी देखि पोखरेबगर, घार, खिवाङ, शिख, फलाते, चित्रे हुँदै शुक्रबार घोडेपानी पुगेका थिए। उनिहरूले शनिबार बिहान समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाईमा रहेको पुनहिलमा हाइकिङ गरेर फर्किएका छन्।  

‘पर्यटकीय स्थलहरूमा सडक पुगेसँगै मोटरसाइकल चढेर पनि यात्रा गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गराउन बेनी–घोडेपानी मोटरसाइकल यात्रा र घोडेपानी–पुनहिल हाइकिङ आयोजना गरिएको हो,’ चाँदनी अटोका सञ्चालक ओस्कार श्रेष्ठले भने ‘मोटरसाइकलमा घुम्न चाहने युवा युवतीहरूका लागि घोडेपानीलाई नयाँ गन्तव्यका रुपमा विकास गर्न सकिने सम्भावना छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.