क्याप्टेन रामेश्वर थापाको पुस्तक ‘इन्टु द फायर’ विमोचन
काठमाडौं : क्याप्टेन रामेश्वर थापाको अंग्रेजी पुस्तक ‘इन्टु द फायर’ विमोचन भएको छ।
द्वन्द्वकालमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरका प्रथम इन्स्ट्रक्टर क्याप्टेन रामेश्वर थापाको युद्धस्थलका उद्धार भोगाइ एवं अनुभूतिमा आधारित अंग्रेजी पुस्तक ‘इन्टु द फायर’ आज काठमाडौं हल्चोकमा एक समारोहका बीच विमोचन भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस्तकको विमोचन गरेका हुन्। विमोचन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र र ॐ आदि बाल गुरु पनि सहभागी थिए।