बजेट कार्यान्वयनको अवस्था बुझ्न उपल्लो डोल्पा पुगे पूर्वमन्त्री बुढा

बजेट कार्यान्वयनको अवस्था बुझ्न उपल्लो डोल्पा पुगे पूर्वमन्त्री बुढा
सुन्नुहोस्

डोल्पा : डोल्पाका लागि प्रतिनिधि सभा सदस्य तथा पूर्व सहरी विकास मन्त्री धनबहादुर बुढा उपल्लो डोल्पा पुगेका छन्।

आफूले पठाएको बजेट कार्यान्वयनको अवस्था बुझ्न उपल्लो डोल्पा पुगेको पूर्व मन्त्री बुढाले बताए। प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादी कोटाबाट सहरी विकास मन्त्री बन्नु भएका बुढाले जारी आवमा मात्रै एक अर्ब सत्तरी करोड बजेट पठाएको बताए।

‘मन्त्री भएदेखि डोल्पा आउन पाएको थिएन। आफू पदमा भएको बेला जिल्लाको विकासका लागि जतिसक्दो धेरै बजेट कसरी लैजाने भन्ने चिन्ता थियो। त्यस मानेमा सफल भए। अब गाउँघरमा आएको बजेटलाई कसरी पूर्ण रूपमा कार्यान्वयन गर्न सकिन्छ भन्नेमा जनधारणा पनि बुझ्न आएको छु। यससँगै उपल्लो डोल्पाका जनताका गुनासा तथा समस्या पनि बुझ्ने छु। डोल्पाली जनताको अगुवा भएको हिसाबले आफ्नो कार्यकालभरी जिल्लाको विकास गर्न लागि पर्ने छु’, उनले भने। 

null

एकसाता अघि भेरी करिडोरहुँदै सडक मार्गबाट डोल्पा पुगेका बुढा दुनै हुँदै छार्काताङ्सोङ गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका हुँदै अहिले शे–फोक्सुण्डो गाउँपालिका पुगेका छन्। यतिबेला राष्ट्रिय महत्वको चीन–नेपाल–भारत जोड्ने त्रिदेशीय मार्ग भेरी करिडोर अन्तर्गतको मोरिम्ला–ल्यासीक्याप सडकखण्डको अनुगमन पनि गरेको पूर्व मन्त्री बुढाले बताए। 

मोरिम्ला नाकादेखि सिसौलसम्म सडकको ४८ किलोमिटर खण्डको ट्रयाक खुलाइए पनि सिसौलदेखि ल्यासी क्यापसम्मको ३३ किलोमिटर खण्ड कडा चट्टानी भू–भागयुक्त भएकाले अझै ट्रयाक खुल्न सकेको छैन। यस खण्डको ट्रयाक खुलाउनका लागि बजेटको सुनिश्चित भइ आफू मन्त्री हुँदा नै नेपाली सेनाले जिम्मा लिइसकेकाले अब छिट्टै काम सुरु हुने बुढाले बताए।

उपल्लो डोल्पाका जनप्रतिनिधि, सर्वसाधारण भेटघाट गर्दै संसारको सबैभन्दा उचाइमा रहेको मानव बस्ती धो तराप हुँदै शे-फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्दाङ पुगेका मन्त्री बुढाले भोलिदेखि सुरु हुने प्रत्येक १२ वर्षमा एक पटक लाग्ने शे–मेलामा पनि सहभागी हुने समेत बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.