अवैध रूपमा भित्र्याइएको चिनी बरामद

अवैध रूपमा भित्र्याइएको चिनी बरामद
सुन्नुहोस्

भैरहवा : भन्सार छलेर भित्राइएको सामग्रीहरू बरामद हुन थालेको छ। भैरहवा भन्सार कार्यालयले एक हप्तामा भन्सार छलेर भित्राइएको चिनीले भरिएको तीनवटा ट्रक नियन्त्रणमा लिएको छ। जसमा कार्यालयले ३३ हजार किलो (३३ टन) चिनी बरामद गरेको छ।

तस्करहरुले भारतबाट मोटरसाइकलमा चिनी ल्याएर सीमा क्षेत्रमा भण्डारण गर्ने गर्छन्। त्यसपछि ठूलो परिमाणमा ट्रकमा लोड गरेर देशका विभिन्न क्षेत्रमा पुर्‍याउने गरेका छन्। 

शुक्रबार राति लु २ ख ५३०५ नम्बरको ट्रकमा साढे दश टन चिनी (२१० बोरा) लोड गरेर अन्यत्र लैजान लागेको अवस्थामा लुम्बिनी सांस्कृतिक नगरपालिका–१० मधुवन क्षेत्रबाट ७ लाख ८७ हजार बढी मूल्य बराबरको चिनीसहित ट्रक नियन्त्रणमा लिइएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए।

भन्सारले यसअघि भदौ १३ गते लु २ ख २८३६ नम्बरको ट्रकमा ६ लाख ३० हजार मूल्य बराबरको २ सय १० बोरा (साढे दश टन) चिनी पोखरा लैजाने क्रममा बेथरी क्षेत्रबाट बरामद गरेको थियो।

त्यस्तै भदौ ८ गते ग २ ख १२९० नम्बरको ट्रकमा ७ लाख २० हजार रुपैयाँ बराबरको लोड रहेको १२ टन (दुई सय ४० बोरा) चिनी लुम्बिनी सडकखण्डको रमवापुरबाट बरामद गरेको थियो। यस बाहेक पनि कार्यालयले कपडा लगायतका सामग्रीहरू बरामद भइरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.