माओवादी प्रतिपक्षीमा रहे पनि जनताका मुद्दामा साथ र सहयोग पाउँछु : मुख्यमन्त्री कार्की

माओवादी प्रतिपक्षीमा रहे पनि जनताका मुद्दामा साथ र सहयोग पाउँछु : मुख्यमन्त्री कार्की
फाइल तस्बिर

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ३० दिन भित्र विश्वासको मत लिने बताएका छन्। 

विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले नेकपा माओवादी केन्द्रले औपचारिक रूपमा समर्थन फिर्ता लिएकाले संविधान र कानुन अनुसार ३० दिन भित्र विश्वासको मत लिने बताएका हुन्। 

उनले विश्वासको मतका लागि मिति भने तय भइनसकेको बताए। प्रदेशसभामा कांग्रेस–एमालेको दुई तिहाइ भएपनि विश्वासको मत लिने उनले बताए। उनले माओवादी प्रतिपक्षीमा रहे पनि जनताका मुद्दामा साथ र सहयोग पाउने विश्वास व्यक्त गरे। 

माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तयारी गरेका हुन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.