हेटौंडामा साइकल जात्रा

हेटौंडामा साइकल जात्रा

मकवानपुर : हेटौंडा जेसीजको आयोजनामा हेटौंडामा आज साइकल जात्रा भएको छ। मकवानपुर जिल्ला साइक्लिङ् संघको सहकार्यमा आयोजित साइकल जात्रा २०८१ मा २४७ जनाले सहभागिता जनाएका थिए। 

हेटौंडा–४ हुप्रचौरबाट सुरु भएको साइकल जात्राका सहभागीहरूले हेटौंडाको विभिन्न ठाउँको कूल ३७.५ किलोमिटर यात्रा गरेका थिए। नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं प्रदेश सांसद् इन्द्रबहादुर बानियाँले शनिबार बिहान साइकल जात्राको उद्घाटन गरे भने दिउँसो सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए। 

कार्यक्रमका प्रमुख अतिथि बानियाँले साइकल जात्राले सहरलाई स्वस्थ र स्मार्ट बनाउनुको साथै साइकलको प्रयोग वातावरणमैत्री एवं मानव स्वास्थ्यका लागि राम्रो हुने बताए। ‘सहरी क्षेत्रको प्रदूषण अधिकांश सवारी साधनको प्रयोगले भएको छ। साइकल चढ्ने संस्कृतिको विकास गर्न सके हावाको प्रदूषण घट्छ र सहर सहरबासी स्वस्थ हुनेछन्। त्यति मात्रै होइन, यस प्रकारका कार्यक्रमले आपसी सद्भाव र बन्धुत्वको भावनासमेत बढ्छ’, उनले भने। 

यात्रीहरूले हुप्रचौरबाट कपुर कम्प्लेक्स हुँदै, चौकीटोल, सानोपोखरा चोक, चुच्चेखोला, हटिया, कमाने, हनुमान गेट, सिमेन्ट रोड, पदमपोखरीको पानतले, कुस्माण्ड सरोबर र सिमेन्टरोड हुँदै हेटौँडा जेसीजको सचिवालयसम्मको यात्रा गरेका थिए। 

सचिवालयमा आयोजित कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। त्यस्तै क्रमशः ८ वर्ष र ७ वर्षकी रोनीता खड्की र स्वीकृती मिश्रले पनि ३७.५ किलोमिटर यात्रा पूरा गरेको भन्दै उनीहरूलाई सम्मान गरिएको हेटौंडा जेसीज वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिए।  

सन् २०१७ बाट सुरु भएको साइकल जात्रा कार्यक्रम २०१८ मा पनि भएको थियो। बीचमा निरन्तरता पाउन नसकेको सो कार्यक्रम अहिले पुनः २०२४ मा भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.