सिन्धुलीको मरिणमा चट्याङ लागेर वृद्धको मृत्यु

सिन्धुलीको मरिणमा चट्याङ लागेर वृद्धको मृत्यु
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीमा चट्याङ लागेर शनिबार वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा मरिण गाउँपालिका-७ बाह्रविसेका ६५ वर्षीय चन्द्र बहादुर माझी रहेका छन्। 

सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार माझीलाई घरबाट एक किलोमिटर दक्षिणतर्फ रहेको महेश्वता खोला पुच्छर चौरीमा गोठालो जाँदा चट्याङले हानेको थियो। 

चट्याङ लाग्दा गम्भीर घाइते भएका माझीलाई उद्धार गरी उपचारका लागि कपिलाकोट स्वास्थ्य केन्द्र पुर्‍याइएको भएपनि चिकित्सकले मृत घोषण गरेका थिए। 

उक्त स्थानमा इलाका प्रहरी कार्यालयको प्रहरी निरीक्षकको कमाण्डामा मुचुल्का सहितको टोली खटिएको प्रहरी प्रहरी प्रमुख काफ्लेले जनाए।

सिन्धुलीमा यस अघि गत सोमबार मात्र हरिहरपुरगढी गाउँपालिका-३ माढीमा धान गोड्ने क्रममा चट्याङले लाग्दा सोही गाउँपालिकाको वडा नम्बर १ शिखरकी ४० वर्षीया छलिमाया थिङको घटनास्थलमै मृत्यु भएको थियो। अन्य दुई जना घाइते भएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.