सरकार सुशासन र मानव अधिकारमा केन्द्रित छ : गृहमन्त्री लेखक

सरकार सुशासन र मानव अधिकारमा केन्द्रित छ : गृहमन्त्री लेखक
सुन्नुहोस्

नुवाकोट : गृहमन्त्री रमेश लेखकले सरकार सुशासन र मानव अधिकारमा केन्द्रित रहेको बताएका छन्। कानुन अनुसार सरकारले देश र जनताप्रति सकारात्मक कार्य गरिरहेको गृहमन्त्री लेखकले बताए। नुवाकोटको चण्डीपोखरी खम्पाक्याम्पमा निर्माण गरिएको केन्द्रीय कारागारको शनिबार उद्घाटन गर्दै उनले अहिलेको सरकार मानव अधिकारको संरक्षण, विधिको शासन र जनताको समस्याहरू समाधान गर्न लागिपरेको बताए।

‘सरकार जनताका लागि बनेको हो, यसर्थ जनताको अधिकारको सम्मानका लागि सरकार सचेत रहेको छ,’ कांग्रेस नेतासमेत रहेका गृहमन्त्री लेखकले भने। नयाँ सरकार बनेपछि देशमा देखिएको निराशा हट्दै गएको गृहमन्त्रीले जिकिर गरे। संघीयता लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नका लागि सरकार अगाडि बढेको उनले बताए। नयाँ सरकार बनेपछि महत्वपूर्ण टीआरसी विधेयक टुंग्याएको भन्दै राम्रो कामको सुरुआत भइसकेको बताए। 

गृहमन्त्री लेखकले नुवाकोटको केन्द्रीय कारागारसमेत अहिलेकै सरकारको योजना अनुसार सञ्चालन गरिएको दाबी गरे। 

गृहमन्त्री लेखकले पहिले स्थिर सरकार नभएका कारण मुलुकमा सकारात्मक काम हुन नसकेकाले मुख्य दुई दल मिलेर सरकार बनाएको पनि बताए। 

उनले देशमा सुशासन स्थापित गर्नका लागि दुई दल मिलेको बताए। उनले संसदमा रहेको दुई ठूला दल मिलेर सरकार बनाएको र यसले देशलाई निकास दिने बताए। २०७९ सालको चुनावपछिको अवधिमा स्थिर सरकार निर्माण हुन नसक्दा हरेक दुई/तीन महिनामा प्रधानमन्त्री र मुख्यमन्त्रीहरूले विश्वासको मत लिन जानुपर्ने स्थिति आएको र अव त्यो अन्त्य भएको गृहमन्त्री लेखकले बताए।  

संसदबाट लामो समयदेखि अड्किएको संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति भएर पास भएको सन्दर्भ जोड्दै उनले भने, ‘यो सबै बलियो सरकारका कारण भएको आत्मविश्वासले भएको हो।’ 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.