अन्नपूर्णकर्मी खड्का डब्लुडब्लुजेको अध्यक्षमा निर्वाचित

अन्नपूर्णकर्मी खड्का डब्लुडब्लुजेको अध्यक्षमा निर्वाचित
सुन्नुहोस्

काठमाडौं : अन्नपूर्णकर्मी रामकला खड्का क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)को अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन्। राजधानीमा शनिबार आयोजित संस्थाको १२औं साधारणसभा तथा सातौँ अधिवेशनमा पत्रकार खड्का  सर्वसम्मतिबाट अध्यक्ष चयन भएकी हुन्। 

अधिवेशनले उपाध्यक्षमा चन्दा विष्ट, महासचिवमा रमिताकुमारी लामा, सचिवमा रुक्मिणी पोखरेल र कोषाध्यक्षमा दीपा आलेलाई चयन गरेको छ। त्यसैगरी विशेष सदस्यमा संगीता लामा, सदस्यहरूमा अमिका राजथला, सोनी शर्मा, शोभा मानन्धर, सीता विके, रुपा खड्का र लक्ष्मी बस्नेत चयन भएका छन्। 

निर्वाचित पदाधिकारी एवं सदस्यलाई संस्थाकी अध्यक्ष एवं राष्ट्रिय समाचार समितिकी पूर्व महाप्रबन्धक निर्मला आचार्यले टीका र खादा लगाइदिँदै संस्थाको गौरवशाली इतिहासलाई अझै उचाइमा पुर्‍याउन शुभकामना दिइन्।  

अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी (श्रेष्ठ)ले पत्रकारले राजनीतिक दबाब र प्रभावबाट टाढा रहेर काम गरे मात्र निष्पक्ष पत्रकारिता गर्न सक्ने बताइन्। 

विशेष अतिथि न्यूनतम् पारिश्रमिक निर्धारण समितिको अध्यक्ष संगीता खड्काले क्रियाशील पत्रकार महिला, सञ्चारिका समूह र पत्रकार महासंघ लगायतका संघ संस्थाको पहलमा हाल पत्रकारिता क्षेत्रमा धेरै अब्बल महिला नेतृत्व जन्मिसकेका बताइन्। 

उनले अब संख्यात्मक मात्र नभइ गुणस्तर वृद्धिका साथै केही नीतिगत सुधार गर्न सके पत्रकारिता क्षेत्रमै परिवर्तन ल्याउन सकिने धारणा राखिन्। नेपाल पत्रकार महासंघकी सचिव सिर्जना अर्यालले डब्लुडब्लुजेले पत्रकार महिलाको क्षमता विकास र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका निभाएको बताइन्। 

कार्यक्रममा मिडिया एड्भोकेसी ग्रुप(म्याग)की कार्यकारी अध्यक्ष बबिता बस्नेत, नेपाल पत्रकार महासंघकी सल्लाहकार निर्मला शर्मा, सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेबा, डब्लुडब्लुजेकी पूर्व अध्यक्ष शुभेच्छा बिन्दु तुलाधर लगायतले अधिवेशनको सफलताको शुभकामना दिए।   

सन् २००६ मा स्थापना भएको डब्लुडब्लुजेले सोही वर्ष पोखरामा पत्रकार महिलाको राष्ट्रिय भेला आयोजना गरेको थियो। त्यसैगरी दक्षिण एसियाली पत्रकार महिलाको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिसकेको संस्थाले स्वतन्त्र र जिम्मेवार प्रेसको वकालत गर्दै पत्रकार महिलाको हक हित तथा दक्षता अभिवृद्धिमा काम गर्दै आएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.