‘विगतको जस्तो हिंसा कहिल्यै हुँदैन, हुन दिइँदैन’

‘विगतको जस्तो हिंसा कहिल्यै हुँदैन, हुन दिइँदैन’
अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन्टु द फायर’ पुस्तकको शनिबार विमोचन गर्दै प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, बालगुरु आदित्य र क्याप्टेन थापा । तस्बिर : सुनिता डंगोल।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको जस्तो हिंसा देशमा ‘अब कहिल्यै नहुने र हुन नदिने’ बताएका छन्। श्रीलंका र बंगलादेशबाट सिक्न भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भदौ १० गते संसद्मा दिएको अभिव्यक्तिप्रति आक्रोश पोख्दै प्रधानमन्त्री ओलीले भने, ‘बंगलादेशमा केही हुन्छ भने नेपालमा त्यो यहाँ हुँदैन। 

नेपाल कुनै देशको फोटोकपी मेसिन होइन’, उनले थपे, ‘नेपालको आफ्नै इतिहास छ, परम्परा र संस्कृति छ। डेमोक्रेसी हामीले लडेर ल्याएका हौं। ६ दशकदेखि देशका लागि लड्दै आएको छु। उल्टै हामीलाई तर्साउन खोज्ने ? ’ लोकतन्त्रविरुद्ध लड्नेहरूले हामीलाई तर्साउन सम्भव छैन।’ अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको अंग्रेजी पुस्तक ‘इन्टु द फायर’को शनिबार राजधानीमा विमोचन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘जनयुद्धका नाममा मैले १७ हजार मान्छे मारेको हो र खुट्टा कमाउन ? मैले लुटपाट गरेको हो र खुट्टा कमाउन ? मैले त डराउनु पर्दैन।’, म होइन, तपाईंलाई भन्छु– नेपालमा अब बेथिति, अराजकता र हिंसाको राजनीति सम्भव छैन। सम्भव हुन दिँदैन, बरु राम्ररी सिक। राम्ररी सिक।’

लोकतन्त्रविरुद्ध लड्नेहरूले नै ‘सिस्टम’का कुरा गर्दै अरूलाई उछितो काढ्ने ? भन्दै ओलीले थपे, ‘फेरि उनैका ठूला कुरा ! अब त्यस प्रकारको हिंसा हुन दिइँदैन। र, नेपालमा त्यस्तो प्रकारको हिंसा अब कहिल्यै सम्भव पनि छैन। कसैले गर्न खोजेर वा चाहेर पनि हुने छैन।’

प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसले जनयुद्धका नाममा १७ हजार मानिस मारे उनै अहिले आफूलाई श्रीलंकाबाट सिक, बंगलादेशबाट सिक भनेर चर्को स्वरमा भनिहिँडेको बताए। ‘जनयुद्धका नाममा मैले १७ हजार मान्छे मारेको हो र खुट्टा कमाउन ? मैले लुटपाट गरेको हो र खुट्टा कमाउन ? मैले त डराउनु पर्दैन’, सत्तासीन एमाले अध्यक्ष ओलीले भने, ‘बरु तपाईं सत्यको अवलम्वन गर्नुस्, अगाडि बढ्नुस्।’

ओलीले आजको समयमा देशलाई बेथितिबाट चलाउन नसकिने तर्क गरे। आफू पनि बारुदमाथि नै र बारुदका बीचकै यात्रा गरेर आएको ओलीले बताए। ‘६ दशकदेखि यही देश बनाउने अभियानमा लागेको मान्छे हुँ र म फेरि भनिरहेको छु अरूको सम्पत्तिमा लोभ गरेको छैन, गर्दिनँ’, ओलीले स्पष्ट पारे, ‘आफ्नो हक अधिकार नलाग्ने, आफ्नो कमाई बाहेकको, कानुनसम्बत, न्यायसम्बत, न्यायचित ढंगले पसिनाबाट आर्जन गरेको बाहेकको सम्पत्तिमा लोभ गरेको छैन, गर्दिन पनि। भ्रष्टाचार गरेको छैन। गर्दिनँ अनि गर्न पनि दिन्नँ।’ क्याप्टेन थापाजस्तै आफू पनि ५ हजार फिटमाथिबाट हेलिकप्टरमा खसे पनि बाँचेको भन्दै ओलीले भने, ‘एकबारको जिन्दगी, त्यत्रो हेलिकप्टर, बल्दाबल्दैको अवस्थामा बाँचेर आउनुभएको छ। फागुको जिन्दगी डराउनुपुर्ने आवश्यकता नै छैन। सत्यको अवलम्बन गर्नुस्, अगाडि बढनुस्। म पनि हेलिकप्टर दुर्घटनामा परेको हुँ। ५ हजार फिटबाट झरेको हुँ। फेरि पनि बाँचियो। फागुकै जिन्दगी हो। त्यसैले मलाई पनि कुनै डरभर छैन।’ म पनि हेलिकप्टर दुर्घटनामा परेको मान्छे। पाँच हजार फिटबाट तल झरेको हुँ। फेरि पनि बाँचेँ। फाउकै जिन्दगी हो। त्यसकारण कुनै डर पनि छैन। 

माओवादीले क्वीन्टलका क्वीन्टल सुन भिœयाउन पशुपतिनाथमा नक्कली पित्तल चढाएको भनेर गलत हल्ला गरेको भन्दै ओलीले आपत्ति जनाए। ‘नेपालमा त कस्तो भयो भने ३५ क्वीन्टल सुन ल्याउन पशुपतिमा सुनको बदला पित्तल चढायो भनेर हल्ला पिटाउने चलन छ’, ओलीले भने, ‘बनाउने कालिगढहरूले ढुंगाबाट पनि लट्कारेर चोर्छ भनेजस्तो। पशुपतिमा पित्तल राखेर सुन चो¥यो भनेर संसद्मा किन बोले ? भनेको त ३५ क्वीन्टल सुन गायव पार्न पो यस्ता खालका तरिका अपनाउँदा रहेछन्।’ आफूले जानी जानीकन अहिलेसम्म झुट नबोलेको र नबोल्ने भन्दै उनले जानीजानीकन कसैको अधिकार समेत हनन नगरेको अनि जानीजानीकन कसैको अहित पनि नगरेको दाबी गरे। आगामी दिनमा पनि नगर्ने भन्दै ओलीले आश्वस्त गराए।

‘मैले संविधानमा यस्तो लेखिएको छभन्दा पनि बोल्दा खेरी संविधानमा हामीले यस्तो लेखेका छौं भनेर भन्छु। त्यो भन्ने हैसियत राख्छु। अहिलेको संविधान हामीले लेखेका हौं’, प्रधानमन्त्री ओलीले भने, ‘यसकारण संविधानमा यस्तो लेखिएको छ भनेरभन्दा पनि हामीले यस्तो लेखेका छौं। यसकारणले हामीले यस्तो लेखेका हौं, यो प्रणाली यसरी ल्याएका हौं। यसरी व्यवस्था गरेका हौं। यसमा यसरी विकास गर्दै जान्छौं। सुधार गर्दै लान्छौं। परिमार्जन गर्दै लान्छौं। यसलाई देश र जनताको पक्षमा अझ प्रभावकारी बनाउँछौं भन्दै जान्छौं। यो प्रणालीलाई पनि यो संविधानलाई पनि देश र जनताको पक्षमा बनाउँदै लान्छौं।’ 

प्रधानमन्त्री ओलीले देशको अर्थतन्त्र धेरै अप्ठ्यारोमा परेको बताए। ‘अर्थतन्त्र अहिले धेरै तल छ। गत वर्ष २४ प्रतिशतले राजस्व संकलन न्यून भएको थियो। २४ प्रतिशत माइनसमा जानु भनेको धेरै खतरनाक कुरा हो’, ओलीले थपे, ‘वृद्धि हुनुपर्नेमा माइनसमा एक चौथाइ गत वर्षभन्दा तल राजस्व तल जान्छ भने हामी कता जाँदै छौं ? यस स्थितिलाई अन्त्य गरिने छ।’ देखिने गरिका परिवर्तन भनाइमा नभई व्यवहारमै, तथ्यमै, आँकडामै र उपलब्धिमै गर्ने उनको दाबी थियो। योजना र यथार्थमा विश्वास गर्ने भन्दै ओलीले थपे, ‘गरिबीको दुष्चक्रबाट नेपाललाई अगाडि बढाइन्छ, बढाइन्छ। विश्वास दिलाउन चाहन्छु कि २० प्रतिशतभन्दा बढी नेपाली गरिबीको रेखामुनि छन् तिनको जीवनस्तर सरकारले उकास्छ।’

ओलीले नेपालमा आफूले सरकारको नेतृत्व गरिरहँदा कानुनी राज्य लागू हुने स्पष्ट पारे। ‘कसरी हुन्छ म रुल अफ लको कुरो गर्छु। अन्याय कसैमाथि हुनुहुँदैन। किनकि समाजलाई थिति र विधिमा लैजानुपर्छ। कानुनी राज्य त हुनैपर्छ’, ओलीले भने, ‘कानुनी राज्य त चलाउनुपर्छ। कानुन न्यायपूर्ण हुनुपर्छ। अन्यायपूर्ण कानुन बनाउनुहँुदैन।’ उनका अनुसार, अधिनायकवादमा अन्यायपूर्ण कानुन बनाएर अन्यायपूर्ण ढंगबाट संवैधानिक र कानुनका भरमा थिचोमिचो गरेर चलाइन्छ। ‘यस्ता संविधान पनि हामीले देखेका छौं। ती अन्यापूर्ण कानुन पनि देखेका छौं। ती कानुनलाई टेकेर अन्यायपूर्ण अधिनायकवाद चलाएको पनि देखेका छौं’, ओलीले थपे, ‘प्रजातन्त्रमा विधिको शासन राज्यले मात्रै मान्नुपर्ने होइन, व्यक्तिसम्मले मान्नुपर्छ।’

शान्तिपूर्ण समाज सरकारको उद्देश्य भएको ओलीको तर्क छ। ‘माओवादीको हिंसा चलिरहँदा माओवादीले जनयुद्धको नाममा हिंसा फैलाइरहँदा, अन्धाधुन्ध मान्छे मारिरहँदा अनि लुटिरहेका बेला मैले चर्को प्रतिरोध गरेको थिएँ’, उनले थपे, ‘व्यक्तिगत तबरमा त्यतिबेला मसँग सेना थिएन न प्रहरी केही पनि थिएन। तर, पनि चर्को विरोध गरेँ। केवल नैतिक साहस मात्रै थियो। सत्यको पक्षमा उभिएर तपाईंहरू गलत गर्दै हुनुहुन्छ, बन्द गर्नुस् भनेँ।’ उनले कसरी त्यो धुमिल वातावरण समाधान गर्नुपर्छ भनेर सार्वजनिक रूपमै सुझाव दिएको पनि जानकारी दिए। 

‘सेना समायोजन पनि होस्, द्वन्द्व व्यवस्थापन होस्। उनीहरूलाई संसद् र सरकारमा कसरी सामेल गराउने हो ? त्यो पनि गरियोस् भनेर प्रयास गरेँ’, ओलीले भने, ‘२०६३—६४ मा जे–जे कुरा भए त्यो कुरा २०५८ सालमा भनेको थिए। र, मैले त्यो पनि प्रयास गरे, वार्ताको। संवादको। संवादको माध्यमबाट समस्या समाधान गरौं। हिंसा भड्काएर, हिंसा फैलाएर, मान्छे मारेर हुँदैन भनेर लडिरहेँ।’

प्रधानमन्त्री ओलीले भने, कुनै पनि कुरा दुनियाँमा स्थिर र स्थायी भन्ने हुँदैन। दुनियाँ गतिशील र परिवर्तनशील छ। पोल्टिक्स, पोल्टिकल पार्टीहरू लिडर सीप मानवजातिले समाजको सुव्यवस्थाका लागि मानव जातिले विकास गरेका कुराहरूमध्ये राजनीति र राजनीतिक पार्टीहरूको परिकल्पना, व्यवस्था र सिर्जना गरेर मानव समाज र समाजिक व्यवस्थानमा सबैभन्दा ठूलो उपलब्धि हासिल गरेको हो। 

पोल्टिक्सबाट राज्य र सत्ता उब्जिएको हो। पहिले सत्ताहरू उब्जिए अनि पछि पार्टीहरू जन्मिए। विभिन्न प्रकारका सिटहरू पनि उब्जिए अनि पार्टीहरू उब्जिए। आधुनिक समाजलाई व्यवस्थान गर्न पुरानो सत्ता र राज्यले व्यवस्थित गर्न सक्दैन। अर्को धर्मको आडमा राज्य सञ्चालन गरिन्थ्यो। अब धर्मको आड पनि पर्याप्त हुँदैन। यसकै कारण पोल्टिकलस् पार्टीहरू चाहियो। 

ओलीले भने, मेरो कार्यकाल १ वर्ष १० महिना १५ दिन बाँकी 

प्रधानमन्त्री ओलीले २०३५ सालमा बीपी कोइरालाले बीबीसीलाई दिएको अन्तर्वार्ता स्मरण गर्दै भने, राज्य एकताको प्रश्न पोलिटिकल पार्टीहरूले सुरु गरेका हुन् भनेर बीपीले भन्नुभयो। एउटै नारा, एउटै उद्देश्य, एउटै विचारमा आबद्ध गरेर पूर्वदेखि पश्चिमसम्म उत्तरदेखि दक्षिणसम्म सबै पेसा व्यवसायका जनतालाई, सबै भाषा, जातिका 

जनतालाई एउटा सूत्रमा बाँध्ने काम पोल्टिकल पार्टी र पोल्टिक्स हो।’ तर, सधैं चिज, एउटै ढाँचा, एउटै तरिका सधैं नरहने र एउटै व्यक्तिले निर्देशित गर्छ भनेर भन्न नमिल्ने ओलीको भनाइ थियो। ‘सधैं मै नेतृत्व गर्छु नेपालको, मै प्रधानमन्त्री हुन्छु भनेर हुन्छ र ?’ मलाई मन नपराउनेहरूलाई खुसीको खबर भनिदिन चाहन्छु,’ ओलीले भने, मेरो यसपल्टको प्रधानमन्त्रीको कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्रै बाँकी छ। मन नपराउनेहरूलाई खुसीको कुरो। त्योभन्दा साता दिन अगाडि नै छोड्छु भनेको छु। बढी खाउ भन्ने होइन कि समयमै पद हस्तान्तरण गरुँ भन्ने पक्षमा छु। बरु, ७ दिन पहिले नै सरकार नेतृत्व हस्तान्तरण गर्छु।’

प्रधानमन्त्री ओलीले प्रश्न गरे, पोल्टिक्स, राज्यव्यवस्था, विधिको शासनलाई घृणा गर्ने कुरा सामाजिक अराजकता मात्रै हो ? त्यसले समाजलाई कुनै राम्रो दिशा र परिणाममा पुर्‍याउँदै पुर्‍याउँदैन। घृणाको राजनीति अथवा अराजकता अथवा संस्कारहिन तरिका हो। यी कुराले समाजलाई बेथितितर्फ लान्छ। र, समाजलाई अराजकताले असभ्य पर्छ। 

छिन्नभिन्न पर्छ। हामीले खोजेको समाज डेमोक्रेसी हो। डेमोक्रेसी भनेको हामी जीवन पद्धति हो। सकारात्मक जीवन पद्धति, शान्तिपूर्ण जीवन पद्धति, नम्र जीवन पद्धति अर्थात् राम्रो गर्ने जीवन पद्धति हो। आफ्नो अधिकारको कुरा गर्दा अरूको पनि अधिकारको सम्मान गर्ने पद्धति हो। सबैको अधिकारको सम्मान हुनुपर्छ।

म देशका लागि काम गर्ने मान्छे हो : रामेश्वर थापा

म साधारण किसानको छोरो। समाज र मुलुक सम्पन्न होस् भन्ने चाहन्छु। मेरो सत्कर्मले देशअघि बढिरहोस्। हर समय दत्तचित्त भएर काम गर्नुपर्छ। मुलुकले १० वर्षे द्वन्द्व भोग्दा म त्यसको प्रत्यक्षदर्शी थिएँ। धेरै एम्बुस र गोलीबाट जोगिए। ती अनुभवहरू थुप्रै लेख्नु छ। विस्तारै लेख्दै जान्छु। खुला अर्थतन्त्रको विकास भएपछि देशमा निजीस्तरका हेलिकप्टहरू पनि भित्रिए। रूसबाट पाइलट पढेर आएँ। २–३ वर्षपछि देश द्वन्द्वमा फस्यो। कम भौतिक क्षति र मानवीय क्षति होस् भन्ने तिर मेरो ध्यान थियो। 

राहत र उद्दारमा देशको नागरिकको हैसियतले इमान्दारीपूर्वक काम गरे। रातभरि सुत्दैन्थ्यौं। सेना र प्रहरीका कोही पनि सुत्न पाएको हुँदैन्थ्यो। कस्तो विडम्बना लड्ने दुवैतिर आफ्नै नेपाली दाजुभाइ तथा दिदीबहिनी। देशमा द्वन्द्व चर्किंदै जाँदा हेलिकप्टर लिएर गाउँ–गाउँ पुगेँ, राहत र उद्दारमा। त्यस क्रममा ग्रामीण बस्तीहरूका आँगनमा मान्छे नभएर खर उम्रिएका थिए। बस्तीहरू छिन्नभिन्न देखिन्थे। किताबमा करिब ७० प्रतिशत घटना मात्रै लेखिएका छन्। हामी नेपालीको हार्मोन सहज। अब हाम्रा सम्बन्धहरू बिग्रिन दिनुहुँदैन। यो विषय पठनीय मात्रै होइन सोचनीय पनि उत्तिकै छ। हाम्रो मुलुक सुन्दर छ। कोही भोकै मर्दैनौं। छिमेकीले पनि बोलाएर खुवाउँछ। सगरमाथा, पशुपतिनाथ, बुद्ध, सीता जन्मेको देशमा हामी छौं। तर, हामीले त्यसलाई चिन्न सकेका छैनौं। यही कुरालाई किताबले चिनेको छ, बुझेको छ। ती घटनाहरूले सीपाहीहरूलाई सचेतना, व्यवसायीकतामा निखार ल्यायो। त्यो हाम्रो लागि सिकाइको पाठ पनि बन्यो। सिपाही मेहनत र इमान्दार हुन्छ। तर, अहिले बेला बेलामा प्रश्न उठिरहेको छ। त्यस कुरालाई किताबले सम्बोधन गरेको छ।

म देशका लागि काम गर्ने मान्छे हो। आँट र हिम्मतले जहिले काम गरिरहेको हुन्छु। अन्याय गर्दिन र कसैसँग शिर झुकाउँदिन। कर्मप्रति विश्वास गर्छु। देश र जनताका लागि राजनीति गर्नुपर्छ भन्ने भावनाले अवसर पाएको बेला प्रमाणित गरेर देखाएको छु। नेपाल ज्ञानभूमि, तपोभूमि र अध्यात्मिक भूमि हो। अब देशमा कोही पनि कसैको दुष्मन नहोस्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.