‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानको क्यानडा पार्टनरमा क्यानडा नेपाल चेम्बर अफ कर्मश महासंघ

‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानको क्यानडा पार्टनरमा क्यानडा नेपाल चेम्बर अफ कर्मश महासंघ
सुन्नुहोस्

काठमाडौं : युवा उद्यमीहरूले सुरु गरेको स्टार्टअप व्यवसायको प्रवर्द्धन गर्न अन्नपूर्ण मिडिया नेटवर्कले सुरु गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानको इन्टनेशनल पार्टनरमा क्यानडाको  क्यानडा नेपाल चेम्बर अफ कर्मश महासंघ रहने भएको छ । आइतवार  भएको एक समारोहमा उक्त सम्झौता भएको हो । 

सम्झौतापत्रमा ‘स्टार्टअपसँग अन्नपूर्ण’ अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत र क्यानडा नेपाल चेम्बर अफ कर्मश महासंघ क्यानडाका महासचिव गोकर्ण लामिछानेले हस्ताक्षर गरेका छन् । ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा जोडिएका स्टार्टअप कम्पनीहरूको प्रोडक्टलाई क्यानडामा बजारीकरण गर्न उनीहरूलाई हौसला बढाउनका लागि महासंघले सघाउनेछ ।

‘यो सहकार्यले क्यानडा र नेपालबीचको व्यापार सम्बन्ध प्रवर्द्धन र आर्थिक विकासलाई बढवा दिन महत्त्वपूर्ण भूमिका खेल्नेछ’ क्यानडा नेपाल चेम्बर अफ कर्मश महासंघ क्यानडाका अध्यक्ष विजय पौडेलले भने, ‘नेपाल र क्यानडाका नयाँ व्यावसायीलाई विश्वव्यापी बजारमा पुग्ने र दिगो वृद्धि हासिल गर्न लाभदायी हुनेछ ।’

‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानको लागि एफसीएनसीसीले क्यानडामा स्थानीय साझेदारको रूपमा काम गर्नेछ। यो अभियानले ब्रान्डिङ, मार्केटिङ र अन्तर्राष्ट्रिय साझेदारीका अवसरहरूलाई सहजीकरण गरेर युवा उद्यमीहरूद्वारा स्थापित स्टार्टअप व्यवसायहरूलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।  

यो अभियानमा  नेटवर्कका सबै प्लेटफर्महरू सहभागी हुनेछन् । नेटवर्कले हाल नेपाली संस्करण अन्नपूर्ण पोस्ट दैनिक, अंग्रेजी द अन्नपूर्ण एक्सप्रेस डेली, रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्ज, अनलाइन न्यूज पोर्टल अन्नपूर्ण पोस्ट डट कम, एपीवान टेलिभिजन लगायतका मिडिया प्लेटफर्महरू सञ्चालन गर्दै आइरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.