अर्थतन्त्र गतिशील बनाउन सरकार लागिपरेको छ : अर्थमन्त्री

अर्थतन्त्र गतिशील बनाउन सरकार लागिपरेको छ : अर्थमन्त्री
सुन्नुहोस्

काठमाडौं : उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेलले राजनीतिक अस्थीरताको असर मुलुकको अर्थतन्त्रमा परेकाले स्थीर सरकार बनाउनुपरेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औं वार्षिक साधारणसभालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै पौडेलले वर्षमा तीनपटक अर्थमन्त्री फेरिने अस्थीरताको अवस्थाले मुलुकको अर्थतन्त्रलगायतका क्षेत्रमा नकारात्मक असर परेको भन्दै स्थीर सरकार बनाउनु परेको बताएका हुन्। 

उनले अब छिटोछिटो मन्त्री परिवर्तन हुने परिपाटी रोकिने दावी गरे। बाह्य क्षेत्र सबल हुँदाहुँदै पनि माग बढ्न नसकेको र प्रयाप्त तरलता हुँदाहुँदै पनि लगानी बढ्न नसकेको अवस्थालाई सबै मिलेर अन्त्य गर्नुपर्ने उनको भनाइ छ । 

अर्थमन्त्री पौडेलले अहिलेको मौद्रिक नीति लचिलो रहेको र अर्थतन्त्रको समस्या समाधानका लागि केहि योगदान पुग्ने विश्वास व्यक्त गरे । अर्थतन्त्रलाई गतिशील बनाउनका लागि सरकारको कदम प्रयाप्त नभएको देखिएकाले सरकार निजी क्षेत्रलाई साथमा लिएर सशक्त ढंगले अघि बढ्न तयार रहेको उनले बताए।

त्यस्तै राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्रको मनोवललाई उच्च राख्न केहि आधारशीला तयार भएको भन्दै यसवर्ष अर्थतन्त्र सकारात्मक तवरले अगाडि बढ्ने धारणा राखे ।

चालू आर्थिक वर्षको सुरुमै पूँजीगत खर्च राम्रो देखिएको,राजस्व संकलन सकारात्मक,कर्जा प्रवाहले समेत राम्रो संकेत देखाएको उनले बताए । उनले अर्थतन्त्रलाई सुधारका लागि सरकारसँग समन्वय गरेर आवश्यक ऐन कानुनको सुधारमा ध्यान दिएको उल्लेख गरे।

त्यस्तै उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सेयर, घरजग्गालगायतका क्षेत्रमा देखिएका सकारात्मक संकेतलाई दिगो बनाउनुपर्नेमा जोड दिए। निजी क्षेत्रलाई पनि अख्तियारको दायरामा ल्याउने कामले अर्थतन्त्रमा असर पर्न सक्ने उनको भनाइ छ ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.