अब सडक सञ्जालमा ‘एआई’ अर्थात् ‘आरआईजी’

अब सडक सञ्जालमा ‘एआई’ अर्थात् ‘आरआईजी’
सुन्नुहोस्

सोचेकै थिएनौं कि कार बिनाचालक आफैं गुड्छ भनेर ! विकसित देशमा यो सामान्य भइसकेको छ। सन्दर्भ अब सडकको। सोचेकै छैनौं कि सडक पनि यस्तै स्वचालित ढंगले सबै काम स्वतःस्फूर्त चल्ने गरीको अत्याधुनिक हुन्छ भनेर ! सडकलाई एक ठाउँबाट अर्को ठाउँसम्म पुग्ने माध्यम भनेर बुझ्ने दिन गए। अविकसितभन्दा विकसित देशहरूमा बन्ने सडकको स्तरले पनि यो अर्थ र परिभाषा बदलिसकेको छ। नेपालमा जन्मे हुर्केका हामीले सडकलाई बुझ्ने भाष्य नै पृथक भइसकेको छ, खाल्डाखुल्डी, हिउँदमा धुलो अनि बर्खामा हिलो। तर, अमेरिकन र युरोपियन मापदण्डका सडकलाई चुनौती दिँदै एसियाकै एउटा देश सिंगापुरले ‘विश्वकै नम्बर वान सडक’ बनाएर विश्वकीर्तिमान राखेपछि भने गुणस्तरीय सडकमा फड्को मार्नुपर्ने सोच बाँकी एसियन मुलुकलाई सम्प्रेषण गरिदिएको छ।

‘वल्र्ड इकोनोमिक्स फोरम’ले गरेको ‘रोडस् क्वालिटी इन्डेक्स’ (क्यूआरआई)मा सन् २०२४ मा अमेरिकालाई उछिन्दै सिंगापुर पहिलो बनेको छ। उक्त प्रतिवेदनमा परेका उत्कृष्ट १० मा क्रमशः सिंगापुर, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड, हङकङ, पोर्चुगल, जापान, फ्रान्स, ओमन, यूएई र अष्ट्रिया छन्। उत्कृष्ट १० मध्ये जापान (पूर्वी एसिया), यूएई (पश्चिम एसिया), सिंगापुर र हङकङ (दक्षिण–पूर्वी एसिया) र ओमन (दक्षिण–पश्चिम एसिया) गरी पाँच देश एसियामै पर्छन्। नेपाल दक्षिण एसियामा पर्छ। यस अर्थमा एसियाले अन्य देश÷महादेशलाई ‘विकास’मा ‘टक्कर’ दिने सामाथ्र्य बनायोभन्दा अत्युक्ति नहोला।

थोरैले सुनेका होलाउँ, सडकमा पनि एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर अकल्पनीय परिणाम दिन÷पाउन सकिन्छ भनेर। यतिमात्र होइन, एआई अर्थात् कृत्रिम बौद्धिकतासँगै मेसिन लर्निङ, डाटा एनालाइटिक्स, सडक नेटवर्कहरू डिजाइन, योजना र व्यवस्थापन सडक निर्माणको सन्दर्भमा जोडिइसकेको छ। 

यी सबैको समग्रपन नै ‘रोड इन्टेलिजेन्ट जेनेरेसन’ (आरआईजी) हो अर्थात् ‘सडक बौद्धिक पुस्ता’। जसले सडक सुरक्षित बनाउन मद्दत गर्छ। आरआईजीले सडक प्रयोग गरिरहँदा तत्काल आइपर्ने सबै समस्या समाधान गर्न सक्ने क्षमताको विकास गरी सडकलाई आममानिसको सोचभन्दा माथिल्लो स्तरमा लैजान्छ। सडक बुद्धिमानी पुस्तामा संलग्न केही घटकबारे बुझ्यौं भने अबका दिनमा बन्ने सडक र सोको प्रयोगबारे गहिरो ज्ञान हासिल हुनेछ:

१. ‘स्मार्ट’ पूर्वाधार: सडकहरूमा ‘सेन्सर’हरू र ‘इन्टरनेट अफ थिङ्ग’ जस्ता ‘इम्बेड’ गरिएका उपकरणहरू जडान गरिएको हुन्छ। जसले हरसमय सडकको अवस्था, ट्राफिक र मौसमबारेको जानकारी प्रदान गर्छ। सँगै यसले सडकमा सुरक्षा प्रदान गर्ने, ट्राफिकको गति अनुकूलन गर्ने 
अनि भीड व्यवस्थापन गर्नेजस्ता काम गर्छ।

२. ‘एआई’ र ‘मेसिन लर्निङ’: ‘अल्गोरिदम’हरू (जो आधुनिक कम्प्युटिङका निर्माण ब्लकहरू हुन् जसले तथ्यांक प्रशोधन गर्न, निर्णय लिन वा समस्या समाधान गर्न सहयोग गर्छ)ले दुर्घटना के कसरी भयो भन्ने पत्ता लगाउँछ, ट्राफिकका विभिन्न ढाँचाबारे भविष्यवाणी गर्छ अनि उपयुक्त सडक सुझाउँछ। जुन प्रणालीहरूले आफ्नो कार्य सम्पादन सुधार गर्न नयाँ तथ्यांकहरूबाट सिक्दै समयअनुसार ती कार्यको समायोजनसमेत गर्ने छन्।

३. स्वचालित सडक डिजाइन: एआई सञ्चालित उपकरणहरूले सडकको वातावरणीय प्रभावलाई समेत ध्यान दिन्छन्। सामान्यतः सडक निर्माण गर्नु वा बिस्तार गर्नुपूर्व वातावरणीय प्रभाव मूल्यांकन गरिएकै हुन्छ। निर्माणपछि पनि यसतर्फ सचेत हुन जरुरी छ। यससँगै सडक डिजाइन गर्न ट्राफिकको मात्रा र सुरक्षा आदि कारकलाई कसरी व्यवस्थित गर्नेमा यी उपकरण सहयोगी हुन्छन्। वर्तमानमात्र होइन, भविष्यका आवश्यकता र तिनको परिपूर्ति गर्दै अझ प्रभावकारी सडक सञ्जालहरू बनाउन यसले मद्दत गर्छ।

४. जडान भएका सवारीहरू: आरआईजीको प्रयोगले सडकमा गुड्ने सवारीसाधनबीच आफ्नो स्थान, गति र दिशाका बारेमा जानकारी साटासाट गर्छन्भन्दा अचम्म लाग्ला, तर यो सत्य हो। साथै, सडक पूर्वाधारसँग पनि सञ्चार गर्छन्। ताकि यी सबैको समन्वयबाट सडक दुर्घटना कम हुनेछ। ट्राफिकको ‘फ्लो’ पनि कम गर्छ।

५. ट्राफिक व्यवस्थापन प्रणालीहरू: सूचना–प्रविधिमा एआईको प्रयोग संसारभर व्यापक छ। क्रमशः एआईलाई विभिन्न क्षेत्रमा प्रयोग गरिँदै छ। सडकमा एआई अर्को नयाँ प्रयोग हो। जसले सडकको अवस्था र ट्राफिक चापहरूमा आधारित भएर ट्राफिक लाइटको व्यवस्थापन गर्ने, गतिलाई नियन्त्रण गर्ने र लेनहरूको सही प्रयोग गर्ने काम गराउँछ।

६. दिगो सडक डिजाइन: विश्व जलवायु परिवर्तनका कारण दिनानुदिन तातिरहेको छ। तापक्रम बढ्नुमा सडक निर्माण र यसको प्रयोग (जहाँ सवारीसाधन गुड्ने र प्रदूषण बढाउने काम हुन्छ)ले पनि अहं भूमिका खेलिरहेको हुन्छ। त्यसैले वातावरणीय प्रभाव न्यूनीकरण गर्न सडक निर्माणमा हरित प्रविधि र सामग्रीहरू समावेश गर्न काम यसमा गरिन्छ। एआईले सौर्य प्यानल राख्न, पुनप्र्रयोग गरिएका सामग्रीहरू राख्न र ‘ड्रेनेज सिस्टम’को गतिलाई कम गर्न मद्दत गर्नेछ।

७. सिमुलेसन र मोडेलिङ: वास्तविक आकारको सडक बनाउनुअघि, एआई सञ्चालित ‘सिमुलेसन’हरूले सहरी दिगो विकास, वातावरणीय कारक र ट्राफिक ढाँचाहरू आदि सबैमा नयाँ सडकको प्रभावलाई नयाँ गति र दिशा प्रदान गर्नेछन्।

यसरी यी प्रविधिहरूको एकीकृत प्रयोगले आधुनिक यातायात प्रणालीको विकास गर्नेमा दुईमत छैन। साथै आधुनिक यातायातको गतिशील आवश्यकताहरू, सुरक्षामा सुधार गर्न, भीडभाड घटाउन र सडकमा हुने सहज एवं सुखद ‘ड्राइभिङ’मा गजबको ‘माइल स्टोन’ हुन्छ। यी सबै विषयको संयोजनले सडक सञ्जाल र सोको प्रयोग ‘स्मार्ट’ हुनेमा दुईमत नहोला। तर, सदा एउटै प्रश्नले घण्टी बजाइरहन्छ– नेपाल आरआईजीसहितको सडक बनाएर एसियाका पाँच देशजसरी विश्वप्रतिस्पर्धामा ‘टप टेन’ (उत्कृष्ट पीच रोड) मा कहिले पर्ने ? ताकि नेपाली भएर गर्व गर्न पाउँ !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.