मुकुल ढकालले दिए पार्टीमा पुनरावेदन : महामन्त्रीको हैसियतमा काम गर्न पाउँ

मुकुल ढकालले दिए पार्टीमा पुनरावेदन : महामन्त्रीको हैसियतमा काम गर्न पाउँ
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीबाट साधारण सदस्यबाट समेत हटाइएका मुकुल ढकालले पार्टीमा पुनरावेदन गरेका छन् । महामन्त्री, प्रवक्ता तथा केन्द्रिय समितिको सदस्य रहेकोमा पार्टीबाट अनाधिकृत तबरले हटाइएको आज ३५ दिन पुग्ने भन्दै उनले पार्टीको पुनरावेदन समितिमा पुनरावेदन गरेका हुन्।

‘महामन्त्री पदबाट पदमुक्त गरिएको भनिएको दिनको आज ३५ औँ दिन पुग्छ मलाई पत्र प्राप्त भएको मितिबाट । त्यसको पूनरावेदन गरेको छु ।’ ढकालले भने,‘पार्टीबाट अनाधिकृत तबरले मलाई उक्त तीनैवटा पदबाट मुक्त गरिएको भन्ने व्यहोरा सामाजिक सञ्जालबाट जानकारी प्राप्त गरेको भएतापनी सो को कुनै  आधिकारीक पत्र प्राप्त उपलब्ध नगराईएकोमा मिति साउन १३ मा शुभराज सिल्पकारबाट विद्युतीय माध्यममार्फत कार्यालय समयपछि साँझ ६:०९ मा पार्टीको च.नं. २९८ मिति असार २५ को पत्र प्राप्त गरी हेर्दा उक्त पत्रमा पार्टीको मिति असार २५ गते केन्द्रिय समितिको बैठकले मलाई पार्टीको साधारण सदस्य कायम गरी उक्त तीनैवटा पदबाट पदमुक्त गर्ने निर्णय गरेको भन्ने उल्लेख भएको हुँदा उक्त त्रुटिपूर्ण पत्र विरुद्ध ३५ दिन भित्र पार्टीको विधानको धारा ५७ बमोजिम यस पुनरावेदन समिति समक्ष निम्न व्यहोराको पुनरावेदन पेश गर्दछु।’

उनले निलम्बन गरी कारबाही गरिरहेको अवस्थामा ७ दिन पुग्नु अगावै मिति पदमुक्त गर्ने गरी केन्द्रिय समितिले निर्णय गरेको उल्लेख गरेका छन्। ‘पार्टीले यसरी मिति २०८१/०३/१९ देखि ७ दिन निलम्बन गरी कारबाही गरिरहेको अवस्थामा ७ दिन पुग्नु अगावै मिति २०८१/०३/२५ मा पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रिय समितिको सदस्यबाट नै पदमुक्त गर्नेगरी केन्द्रिय समितिले निर्णय गरेको रहेछ । मलाई उक्त पदहरुबाट पदमुक्त गरिएको व्यहोरा पार्टीबाट आधिकारीक रुपमा जानकारी प्रदान गर्नु पुर्व नै पार्टीबाट सामाजिक सञ्जालमा उक्त विषय प्रचार प्रसार गरिएको तथा सामाजिक सञ्जाल मार्फत नै मैले उक्त विषय थाहा पाएकोमा मिति २०८१/०४/१३ मा मात्र उक्त च।नं। २९८ मिति २०८१/०३/२५ को पत्र पार्टीको कार्यलय सचिव शुभराज सिल्पाकरबाट  पठाएपश्चात जानकारी प्राप्त भएको हो । यसरी मलाई पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रिय समितिको सदस्यबाट पदमुक्त गर्ने  निर्णय त्रुटिपूर्ण रहेकाले बदरभागी छ’उनले भनेका छन्।

उनले पुनरावेदन पत्रमा तथ्य र कानुनी व्यवस्था एवं सर्वोच्च अदालतबाट प्रतिपादित कानुनी सिद्धान्त समेतको आधारमा व्यक्तिगत पूर्वाग्रह राखी प्रतिशोध लिने दूषित अभिप्राय एवं उद्देश्यबाट आफूलाई कारबाही गरेको बताए ।‘पार्टी पदको दुरुपयोग गरी पार्टी विधान एवं कानुन विपरीत केन्द्रीय समितिको बैठक बसी म उपर कारबाही गर्दा सफाइ पेस गर्ने मौका समेत प्रदान नगरेको, निर्णय माग गर्दा निर्णय उपलब्ध समेत नगराई मलाई पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समितिको सदस्यबाट पदमुक्त गर्ने गरी भएको मिति २०८१–०३-२५ को कथित निर्णय त्रुटिपूर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाई साबिक बमोजिम साबिककै पदीय हैसियतमा रही पार्टीमा काम गर्ने वातावरण मिलाई पाउँ’ उनले लेखेका छन् ।

ढकालले तथ्य, कानूनी व्यवस्था एवं सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित कानूनी सिद्धान्त समेतको आधारमा मविरुद्ध व्यक्तिगत पूर्वाग्रह राखी प्रतिशोध लिने दुषित अभिप्राय एवं उद्देश्यबाट पार्टीको पदको दुरुपयोग गरी पार्टी विधान एवं कानून विपरित कारवाही गर्दा सफाई पेश गर्ने मौका समेत प्रदान नगरेको उनको दाबी छ।

निवेदन 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.