बैंक र सहकारीमा नराम्रा गर्नेलाई छानबिन गरेर कारबाही गर्नुपर्छ : : पूर्वमन्त्री चौधरी

बैंक र सहकारीमा नराम्रा गर्नेलाई छानबिन गरेर  कारबाही गर्नुपर्छ : : पूर्वमन्त्री चौधरी
सुन्नुहोस्

सुनसरी : पूर्व मन्त्री तथा सांसद् भगवती चौधरीले आर्थिक क्रियाकलाप सञ्चालन गर्ने बैंक,वित्तीय संस्था तथा सहकारी संस्थालाई जिम्मेवार बनाउनुपर्ने बताएकी छन्। सुनसरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री चौधरीले आर्थिक क्रियाकलाप गर्ने बैंक, वित्तीय संस्था तथा सहकारीलाई समुदायप्रति जिम्मेवार हुने नियम कानुनहरू लागु गर्नुपर्ने बताएकी हुन्। 

‘आर्थिक क्षेत्रमा काम गर्नेहरूलाई जिम्मेवार बनाउनुपर्छ। तर सबैलाई एकै नजरले हेर्न हुँदैन’, उनले भनिन्,‘यस क्षेत्रमा केही नराम्रा गर्ने संस्थाहरू छन्। तर तिनलाई छानबिन गरेर आवश्यक कारबाहीको दायरामा ल्याउनुपर्छ। केही संस्थाले गलत गरे भन्दैमा सबैलाई एकै नजरले हेर्नु हुँदैन।’ 

सहकारी र बैंक तथा वित्तीय संस्थालाई फरक-फरक तरिकाले नियमन गरिएको भन्दै कुन संस्थाले के गरिरहेका छन् भन्ने कुरा राज्यले नियमन गर्नुपर्ने उनको भनाई थियो। 

सहकारीहरूको आ-आफ्नो मान्यता र लक्ष्यहरू रहेको भन्दै उनले राज्यले निर्धारण गरेका नियम कानूनमा रहेर काम गर्नुपर्ने बताइन्। सबैलाई समान दृष्टिकोणले हेर्नुपर्ने भन्दै उनले न्यायपूर्ण व्यवहार गर्न आवश्यक रहेको बताइन्।

 पूर्वमन्त्री चौधरीले पछिल्लो समय युवाहरूमा बढ्दै गएको नैराश्यतालाई चिर्ने खालका गतिविधि सबैले गर्नुपर्ने धारणा राखिन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.