रामग्राममा चट्याङ लागेर एकको मृत्यु
परासी : आइतबार परेको चट्याङका कारण नवलपरासीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम नगरपालिका वडा नं. १४ पर्सावल बस्ने ३५ वर्षीय ठाकुर नाथ कवँर रहेको प्रहरीले जनाएको छ ।
बिहान पानी परिरहेको अवस्थामा खेतमा काम गर्न गएका कवँरलाई चट्याङले लागेको थियो।
चट्याङ लागेर घाइते भएका उनको देवदह मेडिकल कलेज रुपन्देहीमा उपचारका लागि लगिएको थियो। उनको त्यहीं मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।