डीआईजीको खातामा अस्वाभाविक रकम प्रकरण : बिचौलियासहित ११ प्रहरी कारवाहीमा

डीआईजीको खातामा अस्वाभाविक रकम प्रकरण : बिचौलियासहित ११ प्रहरी कारवाहीमा
सुन्नुहोस्

जनकपुरधाम : नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक यज्ञविनोद पोखरेलको खातामा अस्वभाविक कारोबार प्रकरणमा एक बिचौलियासहित ११ प्रहरी कारवाहीमा परेका छन्। मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेलको बैंक खातामा अस्वभाविक कारोबार भेटिएपछि भएको छानविनमा एक बिचौलियासहित ११ जना प्रहरी हेडक्वार्टरमा तानिएका हुन्।  

श्रोतका अनुसार नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरको निर्देशन तथा प्रत्यक्ष निगरानीमा डीआईजी पोखरेल माथि भएको छानविनमा भ्रष्टाचार र अनैतिक धन्दामा डीआइजीको नेटवर्कलाई साथ दिएको आशंकामा मधेशका ९ र कोशीका एकजना प्रहरीलाई बयानका लागि छानविन समितिले हेडक्वार्टरमा झिकाएको हो।

डीआईजी पोखरेलमाथि भइरहेको छानविनका क्रममा जितेन्द्र कर्ण बिचौलियामार्फत लेनदेन गरेकोले उनलाई पक्राउ गरिएको छ। डीआईजी पोखरेलले जितेन्द्र कर्ण नामक बिचौलियामार्फत तस्करीको लाइन खुलाएर पैसा असुलेको प्रमाण भेटिएको छ।

लेनदेन गरेको प्रमाण भेटिएपछि काठमाडौंबाट मधेस झरेको प्रहरी टोलीले जनकपुरबाट बिचौलिया जितेन्द्र कर्णलाई अनुसन्धानका लागि पक्राउ गरेर काठमाडौं लगेको धनुषा प्रहरी श्रोतले जनाएको छ। यसैगरी डीआईजी पोखरेल निकटस्थ मानिने मधेशका विभिन्न ठाउँमा खटिएका १० जना प्रहरीलाई झिकाएको छ। 

छानविनका लागि प्रधान कार्यालय धनुषा जिल्ला स्थित सिमा प्रहरी चौकी दुवहीमा कार्यरत प्रहरी नायव निरीक्षक चन्द्रप्रसाद यादव, सप्तरी स्थित मोहवा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक उपेन्द्रप्रसाद यादव, जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत वरिष्ठ हवल्दार निरजकुमार साह, जिल्ला प्रहरी कार्यालयमा कार्यरत हवल्दार बच्चेलाल यादव, कोशी प्रदेश स्थित भोजपुर बालाङ्गामा कार्यरत हवल्दार बृजेस मुखियालाई हेडक्वाटर तानिएको श्रोतको दाबी छ। 

यसैगरी हेडक्वाटर तानिनेहरूमा ईलाका प्रहरी कार्यालय निजगढमा कार्यरत हवल्दार शैलेन्द्रप्रसाद कुर्मी, जानकी प्रहरी चौकीका सहायक हवल्दार अशोककुमार यादव, मधेश प्रदेश प्रहरी कार्यालयमा कार्यरत सहायक हवल्दार ईश्वर अच्छामी, प्रहरी चौकी कपिलेश्वर, धनुषामा कार्यरत सहायक हवल्दार मुकुन्द शर्मा  र जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत जवान सतेश लाल कायस्थ रहेको प्रहरी श्रोतको भनाइ छ। 

केहीदिनअघि प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरी उच्च अधिकारीहरूको बैंक खाता चेक गर्ने बताएका थिए। प्रहरी महानिरीक्षकको सो अभिव्यक्तिलगत्तै डीआईजी पोखरेलको खाता चेक गरिएको हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.