नारायणी रंगशालाको पुनर्निर्माणका लागि पहल गर्छु : खेलकुदमन्त्री

नारायणी रंगशालाको पुनर्निर्माणका लागि पहल गर्छु : खेलकुदमन्त्री
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

वीरगन्ज : संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले वीरगन्जस्थित नारायणी रंगशालाको स्थलगत निरीक्षण गरेका छन् । आइतबार वीरगन्ज आएका बेला खेलकुदमन्त्री चौधरीले रंगशालाको निरीक्षण गरेका हुन् ।

काठमाडौंको दशरथ रंगशालापछि देशकै दोस्रो ठूलो नारायणी रंगशाला मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको छ । रंशालाको निरीक्षण गरेपछि खेलकुदमन्त्री चौधरीले रंगशालाको पुनर्निर्माणका लागि खेलकुद मन्त्रालयले पहल थाल्ने आश्वासन दिए।

मन्त्री चौधरीले देशकै धरोहरका रुपमा रहेको नारायणी रंगशाला जीर्ण बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै अब आफ्नो मन्त्रालयले पुनर्निर्माण र मर्मत सम्भारको प्रक्रिया अघि बढाउने आश्वासन दिए । उनले भने,‘यति राम्रो रंगशाला हुँदा पनि व्यवस्थापन हुन सकेको छैन । जीर्ण अवस्थामा छ । व्यापकरुपमा सामाजिक सञ्जाल र सञ्चार माध्यममा हेरेपछि अवलोकन गर्न यहाँ आएको हुँ । मैले नारायणी रंगशालालाई एकदम प्राथमिकतामा राखेको छु ।’

मन्त्री चौधरीले आसन्न ११ ओैं राष्ट्रिय खेलकुद प्रतियोगिता वीरगन्जसहित मधेस प्रदेशमा सञ्चालनको तयारी भइरहेको बताउँदै त्यसका लागि पनि रंगशालाको मर्मतसम्भार गर्नुपर्ने आवश्यक रहेको बताए । 

रंगशालाको निरीक्षणका क्रममा मधेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल पनि सहभागी थिए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.