धादिङबेसीमा विद्युत सेवा अवरुद्ध
धादिङ : रुख ढलेर विद्युतको खम्बा भाँचिएपछि धादिङबेसी आसपासका क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ। नीलकण्ठ नगापालिका-५ खाल्टेमा खम्बा ढलेको र नयाँ खम्बा हाल्नुपर्ने भएकोले विद्युत सुचारु गर्न केही समय लाग्ने नेपाल विद्युत प्राधिकरण धादिङबेसी वितरण केन्द्रका प्रमुख सुधिर कुमार रायले जानकारी दिए ।
धादिङ-देविघाट ३३ केभी लाइन खाल्टेमा अवरुद्ध हुँदा धादिङबेसी र सल्यानटार केन्द्रबाट वितरण हुने लाइन अवरुद्ध भएको हो । पानी परिरहेकोले विद्युत सुचारु गर्न केही घण्टा समय लाग्ने रायको भनाई छ।