‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा जोडियो नेपाल फिलिलि टेक

‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा जोडियो नेपाल फिलिलि टेक
सुन्नुहोस्

काठमाडौं : युवा उद्यमीहरूले सुरु गरेको स्टार्टअप व्यावसायको प्रवर्द्धन गर्न अन्नपूर्ण मिडिया नेटवर्कले सुरू गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा नेपाल फिलिलि टेक प्रालि जोडिएको छ । आइतबार अन्नपूर्ण मिडिया नेटर्वकको तिनकुनेस्थित केन्द्रीय कार्यालयमा भएको एक समारोहमा उक्त सम्झौता भएको हो । 

सम्झौतापत्रमा अन्नपूर्ण मिडिया नेटवर्कका सिनियर मार्केटिङ म्यानेजर  बिनोद कोइराला र नेपाल फिलिलि टेक प्रालिका संस्थापक सिईओ जेनिस कोइरालाले हस्ताक्षर गरेका हुन् । यो आईटी कम्पनी हो । यसले एनफिलिलि डट कम र एनफिलिलि डट एआई सञ्चालन गरिरहेको छ ।

‘यो अभियान हाम्रा लागि राम्रो छ,’नेपाल फिलिलि टेक प्रालिका सिईओ जेनिस कोइराला भने, ‘यो अभियानबाट नेपाललाई डिजिटल बनाउने हाम्रो अठोटमा टेवा पुग्नेछ । साथै हाम्रो प्रोडक्टको बजारीकरणमा सघाउ पुग्नेछ ।’

यो अभियानमा  नेटवर्कका सबै प्लेटफर्महरू सहभागी हुनेछन् । नेटवर्कले हाल नेपाली संस्करण अन्नपूर्ण पोस्ट दैनिक,अंग्रेजी द अन्नपूर्ण एक्सप्रेस डेली,रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्ज,अनलाइन न्यूज पोर्टल अन्नपूर्ण पोस्ट डट कम,एपीवान टेलिभिजनलगायतका मिडिया प्लेटफर्महरू सञ्‍चालन गर्दै आइरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.