तीन सहसचिवलाई महावाणिज्य दूतमा नियुक्त
काठमाडौं : सरकारले तीन सहसचिवलाई महावाणिज्य दूतमा नियुक्त गरेको छ। बिहीबारको मन्त्रिपरिषद्को बैठकले ग्वान्जाओ,कोलकाता र ल्हासाको महावाणिज्यदूतमा नियुक्त गरेको हो।
सार्वजनिक भएको निर्णय अनुसार सहसचिव भरत खनाललाई नेपाली महावाणिज्य दूतावास, ग्वान्जाओ, सहसचिव झकप्रसाद आचार्यलाई नेपाली महावाणिज्यदूतावास, कोलकाता र सहसचिव लक्ष्मीप्रसाद निरौलालाई नेपाली महावाणिज्यदूतावास, ल्हासाको महावाणिज्यदूत पदमा एक अवधिको लागि नियुक्त गरिएको हो।