विद्यालयमा विषय शिक्षकको माग गर्दै विद्यार्थीले गरे तालाबन्दी

विद्यालयमा विषय शिक्षकको माग गर्दै विद्यार्थीले गरे तालाबन्दी
सुन्नुहोस्

बैतडी : बैतडीको सिगास गाउँपालिका-८ मा रहेको लेक लुपुण माविमा तालाबन्दी गरिएको छ। निम्न माध्यमिक तहका नेपाली अध्यापन गराउने शिक्षकको माग गर्दै तालाबन्दी गरिएको हो। यसअघि उक्त विद्यालयमा दरबन्दी कायम भएका निम्न माध्यमिक तह नेपाली विषयका शिक्षक देव सिंह धामीको काजमा सरुवा गरिएपछि निम्न माध्यमिक तहमा नेपाली विषयका शिक्षक छैनन्। 

विद्यालयमा दरबन्दी कायम भएका निमाविका नेपाली शिक्षक देव सिंह धामीको २०७८ फागुनमा सिगास-२ स्थित रण आधारभूत विद्यालयमा काजमा सरुवा गरिएको थियो। त्यसयता नेपाली विषयको अर्को शिक्षकको व्यवस्थापन हुन सकेको छैन।  

नेपाली विषयको शिक्षकको व्यवस्थापन हुनुपर्ने माग गर्दै दोस्रो पटक आइतबार तालाबन्दी गरिएको विद्यालयका प्रधानाध्यापक हर्क बहादुर धामीले जानकारी दिए। नेपाली विषयको शिक्षकको व्यवस्थापन हुनुपर्ने विद्यार्थीहरूको माग छ। यही विषयमा यसअघि यही भदौ ५ गते पनि तालाबन्दी गरिएको थियो।

पहिलो पटक तालाबन्दी गरिएको दिन आगामी विव्यस भेलामा यस विषयमा छलफल गर्ने सहमति जुटेपछि सोही दिन ताला खोलिएको थियो। भदौ ९ गते विद्यालय व्यवस्थापन समितिको बैठकबाट काज फिर्ता गर्न माग गर्दै पालिकालाई पत्र पठाएको थियो। सोही दिन गाउँपालिकाको कार्यपालिका बैठक बसेर काजमा सरुवा गरिएका शिक्षक देव सिंह धामीलाई दरबन्दी कायम भएको लेक लुपुण माविमा एक हप्ताभित्र हाजिर हुन भन्दै पत्र काटेको थियो। 

तर १५ गतेसम्म पनि शिक्षक हाजिर नभएपछि, १६ गते आइतबार विद्यार्थीहरूले तालाबन्दी गरेका हुन्। लेक लुपण माविबाट आफूलाई गलहत्याएर  मनपरी ढंगले काजमा सरुवा गरेकाले आफू उक्त विद्यालयमा फेरि जान नसक्ने शिक्षक देव सिंह धामीले बताए। २०६१ सालदेखि लेक लुपण माविमा हाजिर भएका धामीले २०६८ सालदेखि प्रधानाध्यापकको जिम्मेवारीमा रहेका थिए। 

त्यसपछि २०७८ माघ महिनामा प्रधानाध्यापकको जिम्मेवारी छाडेका थिए। त्यसको एक महिनापछि २०७८ फागुनमा उनलाई काजमा रण आधारभूत विद्यालयमा पठाइएको छ। अनिवार्य अवकाश पाउन २ वर्ष मात्रै बाँकी रहेको र यसअघि अपमानित तवरले हटाएको हुनाले पुनः सोही विद्यालयमा जान नसकिने शिक्षक धामीले बताए। 

लेक लुपुण माविमा निम्न माध्यमिक तहका नेपाली विषयका शिक्षक छैनन्। माध्यमिक तहका नेपाली शिक्षक भएपनि कक्षा ९ देखि १२ सम्मका माथिल्लो कक्षामा पढाउने गरेकाले निमावि तहमा नेपाली विषयमा पठन पाठनमा समस्या हुने गरेको विद्यालयले जनाएको छ। 

शिक्षक देव सिंह धामीले पनि पालिकामा पत्र बुझाएको र विद्यालयमा पनि तालाबन्दी गरिएको हुनाले अर्को कार्यपालिका बैठकमा यस विषयमा छलफल गर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश प्रसाद भट्टले बताए। यही जानकारी विद्यालयमा पनि गराइएको र ताला खोल्न आग्रह गरिएको उनले बताए। तर तालाबन्दी कायमै छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.