सचिव डा. तोयानारायण ज्ञवालीको राजीनामा स्वीकृत
काठमाडौं : सरकारले सचिव डा. तोयानारायण ज्ञवालीको राजीनामा स्वीकृत गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका सचिव ज्ञवालीको राजीनामा स्वीकृत गरेको हो।
मन्त्रिपरिषद्को बैठकको निर्णयमा भनिएको छ,‘राष्ट्रिय योजना आयोगका सचिव डा. तोयनारायण ज्ञवालीले मिति २०८१/५/१४ देखि लाग हुने गरी दिनु भएको राजीनामा स्वीकृत गर्ने।’
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गृहसचिव एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ । उनले आजबाट पदवहाली गरेका छन्।