शर्माले भने : मलाई भारतको राजदूतमा किन प्रस्ताव गरेको हो, त्यसको जवाफ सरकारले दिनुपर्छ

शर्माले भने : मलाई भारतको राजदूतमा किन प्रस्ताव गरेको हो, त्यसको जवाफ सरकारले दिनुपर्छ
सुन्नुहोस्

काठमाडौं : भारतका लागि प्रस्तावित राजदूत डा.शंकर शर्माले नेपाल–भारत आर्थिक सहयोग र विकासमा भएको अभिवृद्धिलाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताएका छन्।

आइतबार सिंहदरबारमा संसदीय सुनुवाइ समितिमा कार्ययोजना पेश गर्दै शर्माले क्रस बोर्डर, पूर्वाधार, वित्तीय कनेक्टिभिटी र भारतबाट नेपाल आउन लगानी वृद्धिमा भएको प्रवाहको गतिलाई निरन्तरता दिन आवश्यक भूमिका निर्वाह गर्ने समेत बताएका हुन्।

उनले द्विपक्षीय सम्बन्धलाई सम्बोधन र सुधार गर्न विद्यमान करिब तीन दर्जन सरकारीस्तरका द्विपक्षीय संयन्त्रहरुको बैठक छिटो गर्ने प्रयास गर्ने समेत बताए।

नयाँ दिल्लीमा गैरआवसीय दूतावास भएका १३० वटाभन्दा बढी देशहरुसँगको साझेदारलाई बढवा दिने उनको भनाइ छ। त्यस्तै अन्य दुईपक्षीय संयन्त्रको बैठकलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिए।

समिति सदस्यहरुको प्रश्नमा शर्माले आफूलाई पुन: भारतीय राजदूतमा प्रस्ताव गरेको विषयको जवाफ आफूसँग नभई सरकारले जवाफ दिनुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.