बाबुको मुख हेर्नलाई भनि खुब हल्ला छ गाउँभरी।
फोटो, तस्बिर पस्किँदै खुसी हुने सन्तानको होड छ।
बाबु भेट्न भनेर खुब दगुरेँ पाइन काहिँ पनि ।
बाबु सम्झुँ भनेर खुब बल गरेँ आएन स्मृति पनि।।
तस्बिर खोजी गरेँ कतै छ कि भनी मिलेन काहिँ पनि ।
सोधिखोजी गरेँ शरीर,अनुहार आएन उत्तर कहिँ ।।
तर्पण,पिण्ड पठाउने सुरगरेँ ज्यूँदै हुँदा हुन्न रे ।
मर्दैनन कहिल्यै चिरञ्जीवी ती हुन ओझेल मात्रै परे।।
संख्या आठ छ भन्छ शास्त्रहरुले चिरञ्जीवीको यहाँ ।
मेरा बा गनिदैन किन ?कसरी छुट हुनगो शास्त्रमा ?।
मर्दैनन कहिल्यै पनि ऊ अरुझैँ होइनन् ऊनी भिन्न हुन।
देखिन्नन ऊनी ध्यानदृष्टि नभयी नवौं चिरञ्जीवी हुन।।
मुहार थाह नभापनि र कहिल्यै भेट्नै नआए पनि।
तर्पण,पिण्ड म दिन्न तापनि सधैं सम्झिरहेँ बा भनी।।
(बुबाको मुख हेर्ने दिन बेपत्ता आफ्नो 'बा'को सम्झना गर्दै रामेछाप जिल्ला लिखु तामाकोसी गाउँपालिका-२ सैपुका ध्रुवकुमार पौडेलले लेखेको कविता ।)