‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा जोडियो लुक्ला आउटडोर

‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा जोडियो लुक्ला आउटडोर
सुन्नुहोस्

काठमाडौं : युवा उद्यमीहरूले सुरु गरेको स्टार्टअप व्यावसायको प्रवर्द्धन गर्न अन्नपूर्ण मिडिया नेटवर्कले सुरु गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा लुक्ला आउटडोर प्रा.लि जोडिएको छ । 

सोमवार अन्नपूर्ण मिडिया नेटर्वकको तिनकुनेस्थित केन्द्रीय कार्यालयमा भएको  एक समारोहमा उक्त सम्झौता भएको हो । 

सम्झौतापत्रमा ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानकी मार्केटिङ संयोजक सुधा भुजेल र लुक्ला आउटडोर प्रा.लिकी सहसंस्थापक आङ छेचि शेर्पाले हस्ताक्षर गरे । यो आउटडोर क्लोथिङ उत्पादन गर्ने कम्पनी हो । यसले डाउन ज्याकेट, थ्री लियर ज्याकेट, पाइन्ट, टिर्सट, क्यापसहित हाईकिङ , ट्रेकिङ र पर्वतारोहण गर्दा आवश्यक पर्ने सामाग्रीहरू उत्पादन गर्दै आइरहेको छ ।

‘यो सुरुवात राम्रो छ’ लुक्ला आउटडोर प्रा.लिकी सहसंस्थापक आङ छेचि शेर्पाले भनिन्, ‘यसले हामीलाई बजारीकरणमा थप सघाउ पुग्नेछ ।’

यो अभियानमा  नेटवर्कका सबै प्लेटफर्महरू सहभागी हुनेछन् । नेटवर्कले हाल नेपाली संकरण अन्नपूर्ण पोस्ट दैनिक, अंग्रेजी द अन्नपूर्ण एक्सप्रेस डेली, रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्ज, अनलाइन न्यूज पोर्टल अन्नपूर्ण पोस्ट डट कम, एपीवान टेलिभिजन लगायतका मिडिया प्लेटफर्महरु सञ्चालन गर्दै आइरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.