‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा ग्लोबल डायरीको सहकार्य

‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा ग्लोबल डायरीको सहकार्य
सुन्नुहोस्

काठमाडौं : युवा उद्यमीहरुले सुरु गरेको स्टार्टअप व्यवसायको प्रवर्द्धन गर्न अन्नपूर्ण मिडिया नेटवर्कले सुरु गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा ग्लोबल डायरी प्रा.लि. जोडिएको छ। सोमबार अन्नपूर्ण मिडिया नेटर्वकको तिनकुनेस्थित केन्द्रिय कार्यालयमा भएको  एक समारोहमा उक्त सम्झौता भएको हो। 

सम्झौतापत्रमा ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानकी मार्केटिङ संयोजक सुधा भुजेल र ग्लोबल डायरी प्रा.लिका सिईओ भगवानदास अग्रहरीले हस्ताक्षर गरेका छन्। यो आईटी कम्पनी हो। यसले बिजनेसलाई ग्राहकसँग सिधै जोड्नका लागि सोसियल साइडको रुपमा काम गर्दछ।

‘मिडियाले पहिलो पटक हामी युवाहरुलाई यस्तो अवसर दिएको छ’ ग्लोबल डायरी प्रा.लिका सिईओ भगवानदास अग्रहरीले भने, ‘यसले हामीलाई बजारीकरणमा थप सघाउ पुग्नेछ।’

यो अभियानमा  नेटवर्कका सबै प्लेटफर्महरु सहभागी हुनेछन। नेटवर्कले हाल नेपाली संकरण अन्नपूर्ण पोस्ट दैनिक, अंग्रेजी द अन्नपूर्ण एक्सप्रेस डेली, रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्ज, अनलाइन न्यूज पोर्टल अन्नपूर्ण पोस्ट डट कम, एपीवान टेलिभिजनलगायतका मिडिया प्लेटफर्महरु सञ्चालन गर्दै आइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.