इन्ट्रा कप अमेरिकी फुटबलमा सांग्रिला विजयी

इन्ट्रा कप अमेरिकी फुटबलमा सांग्रिला विजयी
सुन्नुहोस्

न्यूयोर्क : अमेरिकामा सम्पन्न इन्ट्रा कप फुटबलको ३० वर्ष मुनिका युवातर्फको उपाधि सांग्रिला फुटबल क्लबले हात पारेको छ। 

सो क्लबले १५ हजार अमेरिकी डलर र १० तोला सुनको रनिङ कप जितेको हो। त्यसैगरी ४० वर्षमुनिका सिनियर युथ समूहबाट एफसी रिभाइभल, ४० वर्षमाथिका भेटान्सतर्फ कोलम्बस भेटान्स र महिलातर्फ नर्थ डकोटा साइनिङ स्टार विजयी भएका छन्। 

उनीहरूले क्रमशः १० हजार, १० हजार र ८ हजार अमेरिकी डलर प्राप्त गरेका छन्। उत्तर अमेरिकी क्षेत्रमा बसोबास गर्ने नेपाली मूल वा नेपाली जातिका खेलाडीहरूका लागि मात्र यी खेलहरू आयोजना गरिएको थियो। 

अमेरिकाको ओहायोस्थित कोप्ले सकर कम्प्लेक्समा सेप्टेम्बर १ तारिखमा सम्पन्न भएका यी खेलका विजयी टिमलाई इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार एवं रकम हस्तान्तरण गरेका थिए। 

यी खेलहरूमा उपविजेता हुने टिमले क्रमशः १० हजार, आठ हजार र ५ हजार प्राप्त गरेका छन्। युवातर्फ पथरी एफसी, सिनियर युथतर्फ युनाइटेड ब्रदर्श, भेटान्सतर्फ न्यूयोर्क इन्ट्रा क्लब र महिलातर्फ योद्धा क्लब उपविजेता बनेका थिए। 

सुनको रनिङकपको लागि भने लगातार तीन पटक खेल जित्नुपर्ने नियम बनाइएको छ। उपविजेताहरूलाई नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलसहितले पुरस्कार हस्तान्तरण गरेका थिए। 

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली जातिको दर्शकहरूको समेत ठूलो उपस्थिति रहेको फुटबल उत्सवमा युवा र भेट्रान्सतर्फ गरी अमेरिका र क्यानडाका गरी ३४ टिमले भाग लिएको आयोजनास्थलका संयोजक चन्द्र पराजुलीले बताए। जसमा ३० वर्षमुनिका युवातर्फ पथरी एफसी, चुजन एफसी, जुनियर योंग गाईज इलेभेन, सांग्रिला युथ एफसी, एभरेष्ट युनाइटेड, टेक्सास थन्डर, टिमाई स्वायड, चुके एफसी, ड्याडी एफसी, एक्रोन युनाइटेड सहभागी थिए। 

४० वर्षमुनिको सिनियर युथ तर्फ राजाबाबु एफसी, युनाइटेड ब्रदर्श, ह्यारिसवर्ग भेटान्स, हिमालयन हक्स,सागिना एफसी, सिन्सी इन्टा एफसी, नर्थ क्यारोलिना युनाइटेड, एफसी रिभाइवल, थ्री रिभर्स भेटान्स, मिसिगन युथ एफसी, नेक्ट जेन जी एफसी र केन्टकी भेटान्स थिए। त्यसैगरी ४० वर्षमाथिका भेटान्स समूहतर्फ कोलम्बस भेटान्स, एनवाई इन्टा एफसी, पिट्सवर्ग भेटान्स, सागिना भेटान्स, एफसी रिभाइवल, सेरेनिटी एफसी, पिसजोन एकेडेमी र ह्यारिसवर्ग भेटान्स एफसीको प्रतिस्पर्धा छ। 

महिलातर्फ पिसजोन एकेडेमी गल्र्स, माउन्टेनियर्स एफसी, नर्थ डकोटा साइनिङ स्टार र योद्धा एफसीबीच प्रतिस्पर्धा भएको थियो। फाउण्डेसनले उत्तर अमेरिकामा बसोबास गर्ने नेपाली मूल एवं नेपाली जातिका खेलाडीका लागि हरेक वर्ष फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.