मार्तडीमा चामल भण्डारणमा समस्या, बिक्री केन्द्र रित्तै

मार्तडीमा चामल भण्डारणमा समस्या, बिक्री केन्द्र रित्तै
सुन्नुहोस्

बाजुरा :  गत वर्षको भदौदेखि माघ महिनासम्म बाजुराका सबै खाद्य व्यवस्था तथा व्यापार कम्पनी, डिपो, अस्थायी बिक्री केन्द्रमा ताला लाग्यो। आर्थिक वर्ष २०८९/०८० को  मौजुदा चामल १ सय ६६ क्विन्टल बिक्री भएर सकिएपछि कम्पनी तथा डिपो र बिक्री केन्द्रमा ताला लगाएको थियो। 

चामल नभएर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र डिपोमा ताला लागेको सञ्चार माध्याम र जनस्तरबाट आवाज उठेपछि  असोज महिनामा ५ सय  ६० क्विन्टल जिरा मसिनो चामल आयो। बजारको मसिनो चामल भन्दा महँगो भएकोले खाद्य कम्पनीमा आएको चामल बिक्री भएन। खाद्य कम्पनीले दसैंका अवसरमा सहुलियतमा चामल बिक्री गर्दा पनि बजारको भन्दा महँगो भयो। 

मोटो चामल किन नआएको भन्दा चामल ढुवानी टेण्डर प्रक्रियामा रहेको र भारतले चामल नदिएका कारण चामल नआएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीले भन्दै आएका थिए। बाजुरामा मंसिरदेखि चैत महिनासम्म खाद्यान्न बढी अभाव हुन्छ। त्यो समयमा चामल न्यून मात्रामा आयो। जस्तो माघ महिनामा ३ सय क्विन्टल, फागुनमा ७ सय ६५ क्विन्टल, चैतमा ५ सय २५ क्विन्टल चामल आएको थियो। 

सो समयमा समयमा आएको चामल जिल्लाका लागि अपुग थियो। त्यस्तै वैशाखमा ८ सय ६५ क्विन्टल जेठमा ८ सय क्विन्टल र असार महिनामा ३ सय १२ क्विन्टल मोटा १ हजार ९ सय ८५ क्विन्टल सोना मन्सुरी र १ सय ८० क्विन्टल जिरा मसिनो चामल आएको छ। वैशाख महिनामा बाजुराको तलो क्षेत्रमा गहुँ पाकी सकेको र जेठ महिनासम्म जिल्ला भरिनै गहुँ पाकी सकेकोले वैशाखदेखि असार महिनासम्म आएको चामल कम बिक्री भयो। 

बाजुरा जिल्ला सदरमुकाम र कोल्टी खाद्य व्यवस्था तथा ब्यपार कम्पनी हिमाली गाउँपालिकाको कुवाडी डिपो र स्वामी कात्तिक खापर गाउँपालिकाको मुक्तिकोटमा अस्थायी बिक्री केन्द्र स्थापना गरिएको छ। कुवाडी डिपो र मुक्तिकोट बिक्री केन्द्रमा वैशाख अन्तिमदेखि चामल पुगेको छैन। 

आर्थिक वर्ष २०८०/०८१ मा मार्तडीमा ७ हजार क्विन्टल, कोल्टीमा ६ हजार ५ सय क्विन्टल, कुवाडी डिपोमा २ हजार र मुक्तिकोटमा ५ सय क्विन्टल कोटा स्वीकृत भएको थियो।  जस्मा कुवाडीमा २ सय  क्विन्टल फागुनमा र १ हजार ७० क्विन्टल वैशाखमा गएको थियो भने मुक्तिकोटमा २०८० जेठ महिनामा ५ सय क्विन्टल गएको थियो। उक्त ५ सय क्विन्टल वैशाखको अन्तिममा गएको थियो। कुवाडी डिपो र मुक्तिकोट डिपोमा वैशाख महिनाको अन्तिमदेखि चामल अभाव रहेको छ भने मार्तडीमा ४ हजार ४ सय मौजुदा र कोल्टीमा २ हजार मौजुदा रहेको छ। 

मार्तडीको मौज्जुदा चामल राख्न खाद्य भण्डार गृह अपुग भएर राख्न समस्या भएको मार्तडी खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख उमेश भण्डारीले बताएका छन्। कुवाडी डिपो र मुक्तिकोट बिक्री केन्द्रमा चामल पठाउन मार्तडी कोल्टी सडक बन्दका कारण समस्या छ। समयमा चामल ढुवानी नहुँदा दुर्गमका डिपो र बिक्री केन्द्र खाली रहेका छन् भने सदरमुकाममा चामल भण्डारणको समस्या भएको छ। 

२०५२ सालमा बनेको एक सय मेट्रिकटन र २०३८ सालमा बनेको ५० मेट्रिकटन क्षमता भएका भवनहरू जीर्ण बन्दै गएको र क्षमता भन्दा करिब दोब्बर बढी चामल मौज्जुदा रहेकोले समस्या भएको कार्यालयले बताएको छ।  वर्षातमा विपद् तथा सडक अवरुद्ध भएर खाद्यान्न अभाव हुन सक्ने भन्दै कोटा थप गरेर प्रशस्त चामल आयात गरिएको उनले बताए। 

अहिले वर्षातमा विभिन्न पालिका जोड्ने ग्रामीण सडक अवरुद्धका कारणले चामल कम मात्रामा बिक्री भएको हुनसक्ने कार्यालय प्रमुख भण्डारीले बताए। नागरिकले पछिका लागि पहिल्यै खाद्यान्न किन्ने, केन्द्रले खरिदका लागि टेण्डर र ढुवानी प्रक्रियामा ढिलाई लगायतका कारणले कहिले चामल अभाव, कहिले किन्नेको भिड लाग्ने अवस्था भएको कार्यालय प्रमुख भण्डारीले बताए। 

विगतका वर्षमा वर्षातको समयमा साँफे मार्तडी सडक पहिरोका कारण अवरुद्ध हुने भएकाले  नागरिकलाई खाद्यान्न अभाव हुन नदिन पूर्व तयारी गरेका कारण  प्रशस्त चामल आयात गरिएको कार्यालयले बताएको छ।  
गत वर्षको हिउँदमा तीन पटकसम्म टेण्डर आह्वान गर्दा पनि नपरेको र प्रदेशबाटै कम चामल आउने गरेकाले नागरिकको माग अनुसार समयमा चामल नआउँदा किन्नेको भिड लागेपछि माघदेखि जेठ महिनासम्ममा साताको आइतबार मात्रै बिक्री वितरण गर्ने व्यवस्था गरिएको थियो। 

बाजुरामा खाद्यान्न अभाव भएको समय खाद्य कम्पनीमा ताला लाग्यो। बेमौसममा चामल आएपछि चामल भण्डारणमा समस्या भएको छ।  गएको असोज कात्तिक महिनामै चामल ढुवानी भएको भए हिउँदमा नागरिकले वर्षातका लागि चामल किन्थे।

गत वर्षको यहि समयमा चामल सकिएको भन्दै ताला लगाइएकोमा यस वर्ष दैनिक कम्तीमा ५० कट्टासम्म मात्रै बिक्री हुन्छन्।  त्यस्तै चालु आर्थिक वर्षका लागि १० हजार क्विन्टल माग गरेको कार्यालयले जनाएको छ। खाद्य कार्यालय मार्तडीमा हाल अरूवा सोना, अरूवा मोटा र जिरा मसिनो चामल बिक्री वितरण भइरहेको छ। 

कार्यालयका अनुसार चालु आवका लागि कुवाडीमा १ हजार, मुक्तिकोटमा ५ सय, पाण्डुसैन बिक्री केन्द्रमा ५ सय र कोल्टीमा ६ हजार ५ सय क्विन्टल चामलको टेण्डर भईसकेको छ। मार्तडी कोल्टी सडक वर्षातले अवरुद्ध भएको कारण सडक खुल्ने  बित्तिकै ढुवानी प्रक्रिया अगाडि बढाउनु कार्यालयले जनाएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.