भैरहवामा पेट्रोलियम भण्डार निर्माण, जग्गा व्यवस्थापन कार्य अन्तिम चरणमा

भैरहवामा पेट्रोलियम भण्डार निर्माण, जग्गा व्यवस्थापन कार्य अन्तिम चरणमा
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : रूपन्देहीको भैरहवामा नयाँ पेट्रोलियम भण्डारण गृह निर्माणको तयारी भइरहेको छ। पहिलो चरणमा जग्गा व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको छ। 

रूपन्देहीको तिलोत्तमा नगरपालिकामा अवस्थित नेपाल आयल निगमको भलवारी इन्धन डिपो ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्र रोहिणी खोलाकिनारमा स्थानान्तरण गर्न लागिएको हो। यो नयाँ स्थानमा गत वैशाख पहिलो साता इन्धन भण्डारण गृहको शिलान्यास भएको थियो। साबिकको स्थानमा मानवबस्ती बाक्लिँदै गएको छ। हालको डिपोमा भण्डारण क्षमता न्यून भएका कारण पनि निगमको भलवारी इन्धन डिपो सार्ने निर्णय भएको हो। रोहिणी खोलाकिनारमा करिब १४ बिघा जग्गामा लुम्बिनी प्रदेशस्तरीय इन्धन भण्डारण डिपो निर्माणको तयारी स्वरूप पहिलो चरणमा जग्गा व्यवस्थापनको काम ८० प्रतिशत सम्पन्न भएको परियोजना संयोजक इन्जिनियर प्रदीप यादवले जानकारी दिए। उनका अनुसार पहिलो चरणअन्तर्गत जग्गाको पश्चिमी र उत्तरी क्षेत्रमा रोहिणी खोलामा आउने बाढीबाट हुन सक्ने क्षति रोक्न ‘ग्याबिन’ र ‘रिटेनिङ’ पर्खाल लगाउने काम भएका छन्। ‘पहिलो चरणमा ८० प्रतिशत काम भइसकेको छ। यो सम्पन्न भइसकेपछि दोस्रो चरणमा भण्डारण ट्यांकी निर्माण गरिने छ,’ परियोजना संयोजक इन्जिनियर यादवले भने।

पहिलो चरणको कामका लागि गत जेठ १८ गतेदेखि निगमले तीनवटा ठेकेदारमार्फत भण्डारण गृहको जग्गा व्यवस्थापनका काम गरिरहेको छ। लगातारको वर्षा र रोहिणी खोलमा आएको बाढीले केही समय ढिलाइ भएको साइट इन्जिनियर अंकित रिमालले बताए। उनी भन्छन्, ‘बर्खायाममा रोहिणी खोलामा पानीको सतह बढेको छ। जसले गर्दा ढुंगाको सहज उपलब्धता नहुँदा पहिलो प्याकेजमा केही ढिलाइ भएको हो।’

प्याकेजमा ठेक्का

पहिलो चरणको काम पूरा गर्नका लागि प्याकेजमा ठेक्का लगाइएको थियो। जसअन्तर्गत ग्याबिन पर्खालका लागि ६ र जग्गा पुर्नका लागि एक गरी ७ वटा प्याकेजमा विभाजन गरेर ठेक्का लगाइएको छ। यी सबै प्याकेज ८ करोड रुपैयाँमा ठेक्का लगाइएको छ। यसअनुरूप प्याकेज नं ७ अन्तर्गत जग्गा पुर्ने तथा सम्याउने कार्य लगभग सम्पन्न भएको छ। प्याकेज नं ४, ५ र ६ मा ग्याबिन पर्खाल लगाउने काम सम्पन्न भइसकेका छन्। प्याकेज नं ३ अन्तर्गत करिब ७० प्रतिशत काम सकिएको छ। काठमाडौंस्थित शुभ श्री सर्व श्री जेभीले पहिलो र दोस्रो, वीरगन्जस्थित उज्यालो निर्माण सेवाले तेस्रो तथा प्रिजन कन्ट्रक्सनले बाँकी चार वटा प्याकेजमा काम गरिरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.