‘स्टार्टअपसँग अन्नपूर्ण’अभियानमा जोडियो फोर्ब्सको सूचीमा परेकी श्रीयाको ह्याप्पी माइन्ड्स

‘स्टार्टअपसँग अन्नपूर्ण’अभियानमा जोडियो फोर्ब्सको सूचीमा परेकी श्रीयाको ह्याप्पी माइन्ड्स
सुन्नुहोस्

काठमाडौं : युवा उद्यमीहरूले सुरू गरेको स्टार्टअप व्यावसायको प्रवर्द्धन गर्न अन्नपूर्ण मिडिया नेटवर्कले सुरू गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा जिजी कर्पोरेशन प्रालि  जोडिएको छ । अन्नपूर्ण मिडिया नेटर्वकको तिनकुनेस्थित केन्द्रीय कार्यालयमा भएको एक समारोहमा उक्त सम्झौता भएको हो । 

सम्झौतापत्रमा अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत र जिजी कर्पोरेशन प्रालिकी प्रबन्ध निर्देशक श्रीया गिरीले हस्ताक्षर गरेका हुन् । यो मेन्टल हेल्थमा काम गर्ने कम्पनी हो । यसले ‘ह्याप्पी माइन्ड्स’ ब्रान्डमा मेन्टल हेल्थमा काम गरिरहेको छ । यस कम्पनीको संस्थापक तथा प्रबन्ध निर्देशक श्रीया फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका ३० जनाको सूचीमा एशियाबाट छनौट भएकी छन् । फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको सूचीमा ‘सोसल इम्प्याक्ट’ विधामा उनी सन् २०२४ को एशियाका प्रभावशाली युवाको सूचीमा परेकी हुन् । गिरी मानसिक स्वास्थ्यसम्बन्धी डिजिटल प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक हुन् । 

null

लण्डनमा स्नातकोत्तर अध्ययन गरिरहँदा कोभिड महाव्याधी सुरू भयो । यही क्रममा उनले मानसिक स्वास्थ्य समस्या व्यहोरिन् । तर, कोभिडको बेला अनलाइनबाट मानसिक परामर्श लिने कुनै सुविधा थिएन । अध्ययन सकेर नेपाल फर्किएपछि उनले ‘ह्याप्पी माइन्ड्स’ सुरू गरेकी हुन् । मानसिक स्वास्थ्य समस्या सिर्जित नकारात्मक दृष्टिकोण र विश्वासजन्य चुनौतीहरूविरुद्ध काम गर्न नेपाल फर्किएकी गिरीले सुरू गरेको ह्याप्पी माइन्ड्सले भौतिक र भर्चुअलरूपमा मानसिक परामर्श दिनुका साथै समूहमा विभिन्न वर्कसपहरू चलाउँदै आएको छ । यो भौतिक उपस्थितिका साथै अनलाइनबाट पनि मानसिक स्वास्थ्य परामर्श दिने प्लेटफर्म हो । संस्थाले विश्वका जुनसुकै स्थानमा रहेका नेपालीलाई सेवा दिँदै आएको छ।

‘अहिलेसम्म कुनै पनि मिडिया हाउसले स्टार्टअपलाई लक्षित गरेर यस्तो अभियान सुरू गरेका थिएन,'जिजि कर्पोरेशन प्रालिकी प्रबन्ध निर्देशक गिरीले भनिन्, ‘यसबाट हाम्रो प्रोडक्टको बजारीकरणमा सघाउन पुग्नेछ ।’

यो अभियानमा  नेटवर्कका सबै प्लेटफर्महरू सहभागी हुनेछन् । नेटवर्कले हाल नेपाली संस्करण अन्नपूर्ण पोस्ट दैनिक,अंग्रेजी द अन्नपूर्ण एक्सप्रेस डेली,रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्ज,अनलाइन न्यूज पोर्टल अन्नपूर्ण पोस्ट डट कम,एपीवान टेलिभिजनलगायतका मिडिया प्लेटफर्महरू सञ्चालन गर्दै आइरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.