संविधान संशोधन कुनै पार्टीको इच्छाले मात्र हुने विषय होइन, सबैको सहमतिमा हुन्छ : गृहमन्त्री लेखक

संविधान संशोधन कुनै पार्टीको इच्छाले मात्र हुने विषय होइन, सबैको सहमतिमा हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं : गृहमन्त्री रमेश लेखकले संविधान संशोधन कुनै पार्टीको इच्छाले मात्र हुने विषय नभएको बताएका छन्। धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले संविधान निर्माण र संशोधनको विषय एउटा वा दुइवटा पार्टीको इच्छा वा चाहनाले मात्र हुने कुरा नभएको बताएका हुन्।

‘संविधान निर्माण र संशोधन एउटा वा दुइवटा पार्टीको इच्छा वा चाहनाले हुने कुरा होइन। सबै दलहरूका बीच सहमति गरेर मात्रै संविधान संशोधन हुन्छ’,लेखकले भने। उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशीलाई थप मजबुत गर्ने गरी संविधान संशोधन हुने बताए। उनले संविधान निर्माणका क्रममा पनि सबै दलहरूका बीच सहमति निर्माण नेपाली कांग्रेसले गरेको स्मरण गरे।

लेखकले नेपाली कांग्रेस र एमालेको गठबन्धनलाई कसैले अप्ठ्यारो पार्न खोजे पनि सम्भावना नभएको दाबी गरे। ‘अहिलेको समीकरणमा नेपाली कांग्रेस र नेकपा एमालेबीच अत्यन्त सौहार्दपूर्ण ,अत्यन्त सरल र अत्यन्त राम्रो वातावरण छ।’ उनले भने,‘कुनै खालको कन्फ्युजन र अप्ठ्यारो  समस्या छैन। यसमा कसैले अप्ठ्यारो समस्या पार्न खोजे पनि पर्न सक्ने सम्भावना छैन।’

उनले सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामा सैद्धान्तिक रूपमा प्रहरी समायोजन विषयमा दिएको विषयलाई अतिरञ्जित ढंगबाट बाहिर ल्याइएको बताए। उनले भने, ‘मेरो कुरा भाको छ। कुनै सन्दर्भमा त्यो भनेको हो। जुन ढंगले बाहिर आयो। त्यस्तो भनेको छैन भनेर भन्नु भएको छ।’ गुरुङले प्रहरी महानिरीक्षकले संविधानमा उल्लेख भएको विषय कार्यान्वयन गर्दिनँ भन्न मिल्छ र ? भन्दै प्रश्न गरेका थिए। उनले प्रहरी ऐनका विषयमा छलफल भएका घटनालाई इंगित गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.