ग्यालेक्सी ए०६ भदौ २३ गतेदेखि नेपाली बजारमा

ग्यालेक्सी ए०६ भदौ २३ गतेदेखि नेपाली बजारमा
सुन्नुहोस्

काठमाडौं : सामसङको ए-श्रृङ्खलाले अर्को रोमाञ्चक एडिसन ग्यालेक्सी ए०६ २३ गतेदेखि नेपाली बजारमा आउने भएको छ। सामसङको एन्ट्री लेभल लाइनअपमा पछिल्लो एडिसनका रूपमा ग्यालेक्सी ए०६ ले नेपाली प्रयोगकर्ताहरूका लागि बेस्ट अनुभूति दिने छ।

नयाँ प्रभावशाली सुविधाहरू र किफायती मूल्य निर्धारणको साथ सबैले मन पराउने गरी डिजाइन गरिएको ग्यालेक्सी ए०६ को परिचयसँगै सामसङको लोकप्रिय ए शृङ्खला बढ्दै गएको कम्पनीले दाबी गरेको छ। 

ग्यालेक्सी ए०६ लाई स्लिकर र स्लिमर डिजाइनमा अपग्रेड गरिएको छ। जुन हातमा आरामसँग फिट हुन्छ र यो सुरक्षित पकडका लागि पनि उपयुक्त छ। 

डिभाइसमा पावरफुल ५० एमपी प्राइमरी क्यामेरा, २ एमपी डेप्थ सेन्सर छ, जसले स्पष्ट र डिटेल भएको फोटोहरू खिच्ने सुनिश्चित छ र उत्कृष्ट सेल्फीहरूको लागि यसमा ८ एमपी फ्रन्ट क्यामेरा छ। 

यस फोनमा ६.७ को एचडी प्लस पीएलएस एलसीडी स्क्रिन छ र यसले माइक्रो एसडी मार्फत १ टिबीसम्म बाह्य मेमोरी सपोर्ट गर्छ।

ग्यालेक्सी ए०६ मिडिया टेक Helio G85 प्रोसेसरद्वारा सञ्चालित छ। जसले गेमिङ, कन्टेन्ट हेर्ने र शेयरिङको लागि उत्कृष्ट पर्फमेन्स प्रदान गर्दछ। ५००० एमएएच ब्याट्री र २५ वाट तीव्र चार्जिङ समर्थनको साथ यसले लामो पावर प्रदान गर्दछ। जुन दिनभर मजाले चल्छ।

ग्यालेक्सी ए०६ मा अब Samsung Knox Vault अर्थात EALS + प्रमाणित विशेषता छ। जुन अघिल्लो मोडलहरूको दाँजोमा मुख्य अपग्रेड हो। Knox Vault ले हार्डवेयर अट्याकहरू विरुद्ध बलियो सुरक्षा प्रदान गर्दछ र प्रयोगकर्ताको संवेदनशील डेटाको अलग ट्याम्पर प्रतिरोधी हार्डवेयरमा सम्पूर्ण सुरक्षा सुनिश्चित गर्दछ।

नयाँ साइड फिंगरप्रिन्ट सेन्सरको साथ अब यसमा सुविधाजनक प्रमाणीकरण सरल हुनाको साथै यसको नवीनतम ओएस र सुरक्षा अपडेट्सहरूले तपाईंको डिभाइस नयाँ र सुरक्षित रहने सुनिश्चित गर्दछ। 

कालो, हल्का निलो र नयाँ सुनौलो रंगमा उपलब्ध, ग्यालेक्सी ए०६ को ४/६४ जिबी भेरियन्टको १५ हजार ४९९, ४\१२८ जिबी भेरियन्टको १७ हजार ४९९ र ६/१२८ जिबी भेरियन्टको १९ हजार ४९९ मूल्य निर्धारण गरिएको छ।  सधैं पावर अप राख्ने सुनिश्चित गर्नको लागि प्रत्येक ग्यालेक्सी ए०६ को खरिदका साथ एक असली २५ वाट सामसङ एड्याप्टर निःशुल्क आउँछ।

उपभोक्ताहरूले इन्स्टा फाइनान्स सेवाका साथमा नयाँ ग्यालेक्सी ए०६ सजिलैसँग प्राप्त गर्न सक्नेछन्। इन्स्टा फाइनान्स सबै अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध हुनेछन्। यो सेवामा ०% ब्याज दरका साथ झन्झट मुक्त ईएमआई सेवाहरू र सजिलो प्रक्रीया समावेश छ। जसले गर्दा आफ्नो मनपर्ने डिभाइस एक घण्टा भित्रै आफ्नो हातमा प्राप्त गर्न सकिने छ। सेवालाई अझ सरल बनाउँदै अब उपभोक्ताहरूले सहज रूपमा मात्र आफ्नो नागरिकताको साथ डिभाइस प्राप्त गर्न सक्छन्। यो डिभाइस भदौ २३ गते देखि नेपालभरका स्टोरहरूमा उपलब्ध हुनेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.