भैँसीको गोठ सफा गर्ने क्रममा करेन्ट लागेर मृत्यु

भैँसीको गोठ सफा गर्ने क्रममा करेन्ट लागेर मृत्यु
सुन्नुहोस्

विराटनगर : भैँसीको गोठ सफा गर्ने क्रममा करेन्ट लागेर मोरङको सुन्दरहरैँचामा मंगलबार बिहान एक जनाको मृत्यु भएको छ। 

सुन्दरहरैँचा नगरपालिका–३ लोचनीका ३९ वर्षीय डिल्लीबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आफ्नै भैँसी गोठ सफा गर्न मोटरबाट पानी लगाउने क्रममा विष्टलाई बिहान ५:३० बजेतिर करेन्ट लागेको थियो। 

अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल ल्याइपुर्‍याउना साथ चिकित्सकले मृत घोषित गरेको बस्नेतले बताए। उनका अनुसार घटनाको अनुसन्धान सुरु गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.