सीप सिकाउन कार्यविधि संशोधन

सीप सिकाउन कार्यविधि संशोधन
सुन्नुहोस्

अर्घाखाँची : घरेलु तथा साना उद्योग कार्यालय मार्फत सञ्चालन हुने गरि प्रदेश सरकारले सीप परीक्षण तालिम सञ्चालन गर्ने निर्णय गर्‍यो। 

सीप परीक्षण तालिम सञ्चालन गर्ने र नागरिकलाई उद्यमसँग जोड्ने सरकारको लक्ष्य अनुरूप प्रदेशको तत्कालीन उद्योग मन्त्रालयले यो कार्यक्रम सञ्चालनका लागि कार्यविधि बनायो। तर तत्कालीन सरकारले बनाएको कार्यविधिकै कारण नागरिकलाई उद्यमसँग जोड्ने यो कार्यक्रम गत वर्ष प्रदेशमा फलदायी बन्न सकेन।

कार्यक्रम सञ्चालन हुन नसक्दा यो कार्यक्रमका लागि विनियोजन भएको ठूलो रकम फ्रिज भएको थियो। ‘कार्यक्रम सञ्चालनका लागि कार्यविधि बन्यो, तर कार्यविधि केही जटिल प्रकृतिको बन्यो,’ उद्योग, पर्यटन तथा यातायात मन्त्रालय स्रोतले भन्यो ‘कार्यक्रम नै सञ्चालन हुन नसक्दा रकम फ्रिज समेत गयो।’

यो कार्यक्रम सञ्चालनका लागि सीटीईभीटीका दोस्रो श्रेणी (डिप्लोमा तह) का प्रशिक्षकहरू आवश्यक पर्ने कार्यविधिमा उल्लेख गरिएको थियो। तर दोस्रो श्रेणीका प्रशिक्षकहरू प्रदेशमा उपलब्ध हुन सकेनन्। फलतः यो कार्यक्रम प्रदेशमा प्रभावकारी बन्न सकेन। ‘कार्यविधिमा सीटीईभीटीबाट मान्यता प्राप्त दोस्रो श्रेणीका प्रशिक्षकहरू प्रशिक्षकका रूपमा रहने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको थियो,’ स्रोतले भन्यो ‘यो कार्यविधि अनुसारको प्रशिक्षक प्रदेशमा उपलब्ध हुन नसकेपछि कार्यक्रम प्रभावकारी बन्न सकेन।’

मन्त्रालय स्रोतका अनुसार गत वर्ष प्रदेश भर ३० बढि कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयको योजना थियो। तर जटिल कार्यविधिकै कारण आधाभन्दा बढी कार्यक्रम चल्न सकेनन्। कार्यविधिकै कारण सीप परीक्षण सम्बन्धी तालिम सञ्चालन हुन नसकेपछि हालका उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले कार्यविधि संशोधन गरेको छ। 

‘प्रदेशमा सञ्चालन हुने सीप परीक्षण तालिम सञ्चालनका लागि कार्यविधि केही जटिल प्रकारको बनेको रहेछ, कार्यविधि अनुसारको प्रशिक्षकको व्यवस्थापन हुन नसक्दा कार्यक्रम नै प्रभावित समेत भएको रहेछ,’ मन्त्री प्रचण्ड विक्रम न्यौपानेले भने ‘यसर्थ यो कार्यविधिलाई संशोधन गरेर सहज ढंगबाट कार्यक्रम सञ्चालन हुने व्यवस्था मिलाइएको छ, कार्यविधिलाई सच्याएर प्रदेशवासीले यो अवसर प्राप्त गर्न सक्ने वातावरण निर्माण गरेका छौँ।’

कार्यविधि संशोधन पछि यो कार्यक्रम अब सहज ढंगबाट सञ्चालन हुने भएको छ। दोस्रो श्रेणीका प्रशिक्षक उपलब्ध नभए पहिलो श्रेणीका प्रशिक्षकले समेत प्रशिक्षण दिन पाउने व्यवस्था भएपछि घरेलु तथा साना उद्योग कार्यालयहरू यो कार्यक्रम सञ्चालनको तयारीमा जुटिसकेका छन्। ‘प्रदेशमा दोस्रो श्रेणीका प्रशिक्षकहरूको अभाव भएका कारण यो कार्यक्रम प्रभावित भएको रहेछ,’ मन्त्री न्यौपानेले भने ‘अब पहिलो तहकै प्रशिक्षकले समेत प्रशिक्षण दिने व्यवस्था भएपछि सहज भएको छ, पहिलो तहका प्रशिक्षकहरू प्रदेशमै उपलब्ध हुने अवस्था छ।’

अघिल्लो वर्ष प्रदेशमा दुई तहका प्रशिक्षक उपलब्ध नभएपछि काठमाडौंबाट समेत ल्याउन खोजिएको थियो। तर काठमाडौंबाट दोस्रो श्रेणीका प्रशिक्षकहरू आउन मानेका थिएनन्। ३ सय ९० देखि ४ सय ८ घण्टे यो तालिम सञ्चालन गर्ने प्रदेश मन्त्रालयको कार्यविधि छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.