अर्घाखाँचीमा खोलाले बगाएर युवकको मृत्यु, एकजना बेपत्ता

अर्घाखाँचीमा खोलाले बगाएर युवकको मृत्यु, एकजना बेपत्ता
सुन्नुहोस्

अर्घाखाँची : अर्घाखाँचीको सिमलपानीमा झरनामा नुहाउने क्रममा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। अर्का एक जना बेपत्ता भएका छन्।

शितगंगा नगरपालिका-१४ ढावामा छहरे खोलाबाट बगेको झरनामा नुहाउने क्रममा कपिलवस्तुको बाणगंगा नगरपालिका २ निवासी २८ वर्षीय  उमेश पौडेलको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी प्रतीत सिंह राठोरले बताए।

आज दिउँसो झरनामा नुहाउने क्रममा बगेका पौडेल घटनास्थलदेखि अन्दाजी ५ सय  मिटर तल खोलामा मृत अवस्थामा फेला परेका हुन्।

बाणगंगा नगरपालिकाका २३ वर्षीय किशोर रासकोटी खोलामा बगेर बेपत्ता भएका छन्। खोलाले बगाएको  भन्ने खबर प्राप्त हुनासाथ प्रहरी र स्थानीयले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्र रावलले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.