‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा जोडियो आध्यन्त फन्ड मेनेजमेन्ट
काठमाडौं : युवा उद्यमीहरूले सुरु गरेको स्टार्टअप व्यावसायको प्रवर्द्धन गर्न अन्नपूर्ण मिडिया नेटवर्कले सुरु गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा आध्यन्त फन्ड मेनेजमेन्ट लिमिटेड जोडिएको छ।
अन्नपूर्ण मिडिया नेटर्वकको तिनकुनेस्थित केन्द्रीय कार्यालयमा भएको एक समारोहमा उक्त सम्झौता भएको हो। सम्झौतापत्रमा अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत र आध्यन्त फन्ड मेनेजमेन्ट लिमिटेडका कार्यक्रम तथा साझेदारी प्रमुख निश्चल सिंह भण्डारीले हस्ताक्षर गरे। यो उच्च वृद्धि सम्भावना भएको उद्यमीहरूलाई लगानीको लागि तयार गरी कोषमार्फत लगानी गर्दै आइरहेको कम्पनी हो।
‘देशमा स्टार्टअप इकोस्टमलाई जोडबल दिनका लागि यो अयिभान प्रभावकारी हुन सक्छ,’ आध्यन्त फन्ड मेनेजमेन्ट लिमिटेडका कार्यक्रम तथा साझेदारी प्रमुख निश्चल सिंह भण्डारीले, ‘अभियानमा सहकार्य गरेका स्टार्टअप कम्पनीहरूको सम्भाव्यता हेरेर लगानी गर्नेछौं।
यो अभियानमा नेटवर्कका सबै प्लेटफर्महरू सहभागी हुनेछन्। नेटवर्कले हालः नेपाली संकरण अन्नपूर्ण पोस्ट दैनिक, अंग्रेजी द अन्नपूर्ण एक्सप्रेस डेली, रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्ज, अनलाइन न्यूज पोर्टल अन्नपूर्ण पोस्ट डट कम, एपीवान टेलिभिजनलगायतका मिडिया प्लेटफर्महरू सञ्चालन गर्दै आइरहेको छ।