निमित्तको भरमा डडेलधुराका कार्यालय

निमित्तको भरमा डडेलधुराका कार्यालय
सुन्नुहोस्

डडेलधुरा : डडेलधुरामा रहेका सरकारी कार्यालय निमित्त कर्मचारीको भरमा छन्। जिल्लाका सरकारी कार्यालय निमित्त कार्यालय प्रमुखको भरमा कामकाज गर्दै आएका छन्। कर्मचारी अभाव समेत खेपिरहेको जिल्लाका सरकारी कार्यालय दरबन्दी अनुसारका कार्यालय प्रमुख नहुँदा झनै समस्यामा छन्।

जिल्ला प्रशासन कार्यालय डडेलधुरादेखि जिल्ला स्थित नगरपालिका र गाउँपालिका समेत निमित्त प्रमुखको भरमा धानिएको छ। लामो समयदेखि दरबन्दी अनुसारका कार्यालय प्रमुखहरू नआउँदा जिल्लाको विकास निर्माणको योजनादेखि योजनाको खाका समेत आवश्यकता अनुसार हुन नसकेको गुनासा छन्।

चार दर्जनभन्दा बढी सरकारी कार्यालय रहेको डडेलधुरामा संघीय कार्यालय बाहेक अधिकांशमा निमित्त प्रमुख काम चलाई रहेका छन्। अन्य फाँटमा पनि कर्मचारी अभाव छ। निमित्त भई कामकाज गर्दा कुन बेला सरुवा वा अर्को कर्मचारी हाकिम आउने हो ठेगान नै हुँदैन।

संघीय कार्यालय भन्दा प्रदेश सरकार मातहतमा रहेका कार्यालयमा कर्मचारी अभाव बढी रहेको जिल्ला प्रशासन कार्यालय डडेलधुराले जनाएको छ। प्रदेशले मनोमानी कर्मचारी चलाउने र भनसुनका भरमा कार्यालय प्रमुख पठाउने परिपाटीले जिल्लाका कार्यालयहरूमा निमित्त मात्रै रहेका हुन्।

दरबन्दी अनुसारका कर्मचारी अभाव खेपिरहेको जिल्लाले मुख्य जनसरोकारका कार्यालय पनि निमित्तका भरमा रहँदा विभिन्न समस्या झेल्नु परिरहेको गुनासा सेवाग्राहीका छन्। जिल्लाका घरेलु तथा साना उद्योग कार्यालय, नेपाल विद्युत प्राधिकरण, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, प्रदेश लेखा नियन्त्रण कार्यालय, यातायात व्यवस्था कार्यालय, कारागार कार्यालय, जिल्ला हुलाक कार्यालय, तरकारी बिउ उत्पादन कार्यालय, डडेलधुरा अस्पताल, कृषि ज्ञान केन्द्र, मालपोत कार्यालय, नापी कार्यालय, पूर्वाधार, उच्चशिक्षा परिषद् लगायतका कार्यालयहरू लामो समयदेखि निमित्तको भरमा छन्।

एकजना लेखापालले दुई भन्दा बढि कार्यालय हेरिरहेका छन्। असार मसान्तको वेला योजना फरफारक तथा बिल भुक्तानीका लागि लेखापालहरूलाई भ्याइनभ्याइ भएको थियो भने अहिले पनि पदपूर्ति हुन सकेको छैन। लेखा शाखाको कर्मचारीले सरकारी कार्यालय र स्थानीय तह समेत हेर्नुपर्ने हुँदा काममा ढिलाई हुने र सेवाग्राहीको समयमा भुक्तानी दिन समस्या छ। 

विषय विशेषज्ञ र प्राविधिक कर्मचारी समेत अभाव खेप्दै आइरहेको यस जिल्लामा लामो समयदेखि दरबन्दी अनुसार कायम गरेको श्रेणीको कर्मचारी नआउँदा झनै समस्या हुने गरेको मातहतका अन्य कर्मचारीको गुनासो छ।
जिल्ला प्रशासन कार्यालय डडेलधुरामा पनि राप प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारी हुनु पर्ने हो तर विगतदेखि द्वितीय श्रेणीका काम चलाउँदै रहेका छन्। कर्मचारी सरुवा गर्दा पनि दरबन्दी अनुसारका कर्मचारी दुर्गममा आउन नमान्ने र भनसुनका आधारमा दरबन्दी सुगम क्षेत्रमा नै मिलाउने प्रचलनको मार जिल्लालाई परेको हो।

लामो समयदेखि निमित्तको भरमा कार्यालय चल्दा सेवा प्रवाह र अन्य विषयगत कार्यालयका योजना निर्माणमा समेत समस्या परेको छ। जसले गर्दा विकास निर्माणको गतिमा प्रभाव पर्ने गरेको अमरगढीका पुर्व कार्यापालिका सदस्य गोविन्द बोहराले बताए।

विषय विशेषज्ञ रहनुपर्ने कार्यालय पनि निमित्तको भरमा छन्। जसले जिल्लाको समग्र विकास निर्माण र सेवा प्रवाहमा असर परिरहेको राजनीतिज्ञ तथा समाजसेवी गुणाकर चटौतले गुनासो पोखे। दक्ष जनशक्ति नहुँदा कार्ययोजना र कार्यान्वयनमा समस्या हुने उनको भनाइ छ।

यसैगरी स्थापना कालदेखि नै डडेलधुरा अस्पताल कर्मचारी अभावको समस्या झेल्दै आइरहेको छ। विषय विशेषज्ञ सहितको सेवा दिनेगरी २०७२ सालमा सञ्चालनमा आएको डडेलधुरा अस्पतालमा प्रमुख नै निमित्त छन्। नेपाल सरकारले एघारौं तहको दरबन्दी रहने गरि घोषणा गरेको सुदूरपश्चिम कै ठूलो अस्पतालको रुपमा रहेको अस्पताल स्थापना कालदेखि नै निमित्तको भरमा छ। २० जना विशेषज्ञ चिकित्सक समेतको दरबन्दी कायम गरि घोषणा गरिएको अस्पताल अभाव नै अभावमा सञ्चालित छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.