प्यूठानका एक युवा ६ दिनदेखि बेपत्ता

प्यूठानका एक युवा ६ दिनदेखि बेपत्ता
सुन्नुहोस्

बुटवल : प्यूठानको झिमरुक गाउँपालिका–७ तुषारा प्यूठानका २१ वर्षीय क्षितिज रोका ६ दिनदेखि बेपत्ता भएका छन् । गैडाकोट–६ नवलपरासी कालिकाचोकस्थित हिमछायाँ कलेजमा विएससीएजी पाँचौ सेमेष्टर पढ्दै गरेका उनी भदौ १४ गतेदेखि घरपरिवारको सम्पर्कमा छैनन् । 

खोजी कार्य जारी रहे पनि नभेटिंदा परिवार पीडामा तड्पिएका छन् । झिमरुक निवासी रोकाको परिवार अहिले मल्लरानी गाउँपालिका–४ खलंगा प्यूठानमा बस्दै आएका छन् । 

‘अघिल्लो दिनसम्म बुवाआमासँग र हराउनुको केही समयअघिसम्म भाइसँग फोनमा कुराकानी भएको थियो’, बुवा टुकबहादुर आरसीले भने, ‘पछि फोन गर्दा उठेन । हामी प्यूठान थियौँ । गैडाकोट आएर हेर्दा दुवै फोन कोठामै छाडेर गएछन् ।’ दुई वटा मोबाइल सहित चेक, एटिएम र सवै कपडाहरू कोठामै छाडेर बेपत्ता भएको बुवा आरसीले जानकारी दिए । 

‘पोखराकी एक केटीसँग सम्बन्ध भएको भन्ने पनि सुनिएको थियो’, आरसीले भने,‘त्यसबारेमा प्रहरीलाई जानकारी दिएका छौँ । पोखरामा पनि ती केटी बिरामी छन् रे भन्ने सुनेका छौँ ।’ परिवारले छोराको खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय गैडाकोटलाई आग्रह गरेका छन् ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हस्त बहादुर सुनारले बेपत्ता प्रहरीलाई खबर हुँदा बित्तिकै खोजी कार्य जारी राखिएको बताए । सम्बन्धमा रहेकी पोखराकी ती युवतीले शितिजको मोबाइलमा किन फोन नउठाएको भन्ने खालका म्यासेजहरु पठाएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए । फरेन्सिक ल्याबका लागि क्षितिजको मोबाइल काठमाडौं पठाइएको उनले बताए । 

‘मैले प्रगति गर्न सकिनँ, पढ्न सकिनँ जस्ता कुरासहितको दश पाना लेखेर कोठामा छाडेका रहेछन्’, प्रहरी निरीक्षक सुनारले भने,‘सबै क्षेत्रमा खोजीकार्यका लागि प्रहरी परिचालन गरिएको छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.