माओवादी कार्यकर्ताको घरमा बम विस्फोट

विस्फोटबाट घाइते भएका दुई बालकलाई कीर्तिपुरको बर्न अस्पताल पठाइयो

विस्फोटबाट घाइते भएका दुई बालकलाई कीर्तिपुरको बर्न अस्पताल पठाइयो

फिदिम :  पाँचथरको फालेलुङ–५ प्राङवुङको डाँडागाउँमा बिहीबार बम विस्फोट हुँदा घाइते भएका दुई बालकलाई थप उपचारका लागि कीर्तिपुरको बर्न अस्पताल लगिएको छ। 

घाइते पवन राई र दिप्सन राईलाई किर्तिपुरको बर्न हस्पिटलमा पठाइएको फालेलुङ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले जानकारी दिए। 

भदौ १३ गते भएको विस्फोटमा परी घाइते भएका पवनलाई गत शुक्रबार र दिप्सनलाई शनिबार पाँचथर अस्पतालबाट कोशी अस्पताल विराटनगरमा थप उपचारका लागि पठाइएको थियो।

अविभावकले उपचारको प्रक्रिया पूरा नगरी पाँचथर नै फर्काएपछि पवनको घाउमा संक्रमण देखिएको भन्दै जिल्ला अस्पतालका चिकित्सकले सुविधासम्पन्न अस्पताल लैजान सुझाएका थिए। 

विरानगरबाट आएका मानव अधिकारवादी संस्थाहरू इन्सेक र सिविनका प्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमख, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र बालकका अविभावकबीचको समन्वयपछि बुधबार बिहान ४ बजे काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हेमन्त क्षेत्रीले बताए। 

उनीहरूलाई किर्तिपुरसम्म  पुग्ने यातायात र हवाई भाडा फालेलुङ गाउँपालिकाले बेहोर्ने र कीर्तिपुरको बन हस्पिटलमा उपचारको प्रबन्ध सिविनले मिलाउने भएको छ।

फालेलुङ–५ का माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा भएको विस्फोटमा ११ वर्षीय दिप्सन सावाँ र उनकी  २ वर्षीया बहिनी प्रिन्साको ज्यान गएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.